
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी एस२१ बाट नै पुरै चलचित्र खिच्नका लागि निर्देशकहरुसँग साझेदारी भइरहेको बताएको छ।
कम्पनीले यो डिभाइसमा चलचित्र नै खिच्न मिल्ने उच्च गुणस्तरको क्यामरा सेट अप रहेको दावी गर्दै आएको र हाल त्यसैको प्रमाणस्वरुप चलचित्र छायाँकन गर्नेतर्फ नै प्रयास गरेको बुझिएको छ।
यसका लागि कम्पनीले प्राइड एन्ड प्रेजुडिस तथा अटोनमेन्ट चलचित्रमार्फत् चर्चित बेलायतका चलचित्र निर्देशक जो राइटसँग सहकार्य गर्ने भएको छ।
यो अभियान जो राइटको निर्देशनमा बनिरहेको प्रिन्सेस एन्ड पेपरनोज चलचित्रबाट शुरु हुनेछ। यो सांगीतिक चलचित्रमा लाइभ एक्शन कोरियोग्राफी तथा पपेटहरुको पनि प्रयोग गरिने बुझिएको छ। यसलाई सम्पूर्इ रुपमै ग्यालेक्सी एस२१ बाट खिचिनेछ।
यसै डिभाइसबाट खिचिने अर्को चलचित्र चीनका उदीयमान निर्देशक शा मो को आउँदै गरेको चलचित्र रहेको छर यी निर्देशक लभ विल टियर अस अपार्ट तथा माइ हकलबेरी फ्रेन्ड्स नामक चलचित्रहरुबाट चर्चित छन्।
शा मोले ग्यालेक्सी एस२१ अल्ट्रा फाइभजी प्रयोग गरेर आफ्नो नयाँ चलचित्र किड्स अफ प्याराडाइज खिचिसकेका छन्। यसको कथा छायाँकनका लागि शा मोले उक्त डिभाइसको डाइरेक्टर्स मोड प्रयोग गरेका थिए।
प्रकाशित: २६ आश्विन २०७८, मंगलवार