टाउको भित्र इलेक्ट्रोनिक्स उपकरण जडान गरी तनाबसम्बन्धी उपचार गर्न सकिने दाबी

  • Technology Khabar | २१ आश्विन २०७८, बिहीबार
टाउको भित्र इलेक्ट्रोनिक्स उपकरण जडान गरी तनाबसम्बन्धी उपचार गर्न सकिने दाबी

काठमाडौं ।

अमेरिकी वैज्ञानिकहरुले टाउको भित्र सलाईको काँटीको आकारको एउटा इलेक्ट्रोनिक्स उपकरण जडान गरेर मानसिक तनावसम्बन्धी उपचार गर्न सकिने दाबी गरेका छन् ।

एकजना विरामीमा गरिएको प्रयोगपछि आशाजनक परिणाम आएपछि यस्तो दावी गरिएको हो । करिब ३६ वर्षीया मरिज साराले एकवर्ष अघि सो उपकरण आफ्नो टाउकोभित्र जडान गराएका थिए। उनका अनुसार २४ घण्टा चलिरहने सो उपकरणले मानसिक सन्तुलन कायम गर्न सहयोग गरिरहेको छ। यो विषयको जानकारी स्वास्थ्य जर्नल ‘नेचर’मा प्रकाशित गरिएको छ।

सन फ्रान्सिकोको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार यसले साराजस्तै अन्य विरामीमा प्रयोग गरेर अन्तिम परीक्षण गर्न बाँकी रहेको छ।

मानसिक उपचारको लागि उक्त उपकरण टाउकोमा जडान गर्ने सारा पहिलो व्यक्ति हुन् । यसअघि उनको उपचारको लागि विभिन्न औषधि र विधि प्रयोग गरिए पनि असफल भएका थिए ।

क्यालिफोर्निया विश्वविद्यालयका मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. केथरिन स्कैनगोसले शल्यक्रिया गरेर साराको टाउकोभित्र उक्त उपकरण जडान गरेका थिए ।

साराको टाउको ‘डिप्रेशन सर्किट’को उपकरण जडान गरेपछि यस्तो अनुसन्धान गर्न सम्भव भएको हो ।

उनले सो उपकरण परीक्षणसहित उपचारको विश्वसनीयताको लागि दुईजना विरामीमा जडान गरिसकेका छन भने नौजना थप विरामीमा उपकरण जडानको प्रयास भैरहेको जानकारी दिएका छन् । एजेन्सीहरुका साथ

प्रकाशित: २१ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार