सुबिसुको “दक्षिणा अफर”, १३,९९९ तिर्दा एक वर्षसम्म ५० एमबीपीएस इन्टरनेट पाईने

  • Technology Khabar | २१ आश्विन २०७८, बिहीबार
सुबिसुको “दक्षिणा अफर”, १३,९९९ तिर्दा एक वर्षसम्म ५० एमबीपीएस इन्टरनेट पाईने

काठमाडौं ।

नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लि ले यस महान चाड बडादशैंको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु “दक्षिणा अफर” लिएर आएको छ।

“इन्टरनेट छ साथमा दक्षिणा छ हातमा” भन्ने नाराका साथ यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र रु १३,९९९ मै प्राप्त गर्नुहुने छ। अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्नुहुने कम्पनीले उल्लेख गरेको छ।

यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इसेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नुहुनेछ । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ।

चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर लेराइएको हो । अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुने जनाएको छ।

प्रकाशित: २१ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...