एनभीडियाद्धारा आर्मको ५४ अर्ब डलर अधिग्रहणका लागि ईयू समक्ष छुटको प्रस्ताव

  • Technology Khabar | २१ आश्विन २०७८, बिहीबार
एनभीडियाद्धारा आर्मको ५४ अर्ब डलर अधिग्रहणका लागि ईयू समक्ष छुटको प्रस्ताव

काठमाडौं ।

एनभीडियाले ब्रिटिश चिप डिजाइनर आर्मको ५४ अर्ब डलर अधिग्रहणको लागि युरोपेली आयोग (ईयू)को एन्टिट्रस्ट अनुमोदन सुरक्षित गर्न बिडमा छुटको प्रस्ताव गरेको छ । कम्पनीले हालै युरोपेली आयोगमा बुझाएको एक कागजपत्रमा सो प्रस्ताव देखिएको रोयटर्सले उल्लेख गरेको छ।

विश्वको सबैभन्दा ठूलो ग्राफिक्स र एआई चिप्स निर्माताले गत वर्ष घोषणा गरेको सम्झौताले आर्मका ग्राहकहरु र प्रतिद्वन्द्वीहरुलाई बौद्धिक सम्पत्ति इजाजतपत्र दिने तटस्थ खेलाडी बन्न सक्छ कि सक्दैन् भन्ने प्रश्नका साथ सेमिकण्डक्टर उद्योगमा चिन्ता जगाएको छ।

ईयू प्रतिस्पर्धा प्रवर्तक, जसले आफ्नो नीतिसंग सो विषयमा सहुलियत दिने वा नदिने भन्ने विवरण प्रदान गरेको छैन् र यसले निर्णयका लागि अक्टोबर २७ को समय सीमा तय गरेको छ।

यसले अब छुट स्वीकार गर्ने, अरु माग गर्ने वा चार महिना लामो अनुसन्धान खोल्ने निर्णय गर्नु अघि प्रतिद्वन्द्वीहरु र ग्राहकहरुबाट प्रतिक्रिया माग्नेछ।

एनभिडियाले क्वालकम इंक, सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेड र एप्पल इंक जस्ता ग्राहकहरुबाट आएको चिन्ताहरुलाई कम गर्न आर्मलाई तटस्थ टेक्नोलोजी आपूर्तिकर्ताको रूपमा लक्ष्य राखेको बताएको छ।

प्रकाशित: २१ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २१ आश्विन २०७८, बिहीबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २१ आश्विन २०७८, बिहीबार

NOC from Nagarik App

  • २१ आश्विन २०७८, बिहीबार

E-pension verification system launched

  • २१ आश्विन २०७८, बिहीबार