एनएमबिका ग्राहकलाई सीजी इलेक्ट्रोनिक्सका सामान किन्दा ४० प्रतिशत छुट

  • Technology Khabar | २० आश्विन २०७८, बुधबार
एनएमबिका ग्राहकलाई सीजी इलेक्ट्रोनिक्सका सामान किन्दा ४० प्रतिशत छुट

काठमाडौं ।

दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर ल्याएको छ। यस महा छुट अफर अन्तर्गत घटस्थापनादेखी सीजी डिजिटल तथा एलजी शपी शोरुमहरुबाट सपिङ्ग गर्दा ४० प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्राहकले एलजी, सीजी, गोदरेज टिसीएल, सेनसाइ, केन्ट, एलिका एण्ड ब्ल्याक डेकरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखी १५ सयसम्मको क्यासब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्ने बताएको छ।

साथै आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागी सिजि इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी बैंकले सम्झौता गरेको छ। बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले सीजी तथा एलजी शोरुमबाट सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् । यसको लागी ग्राहकले सीजी डिजिटल तथा एलजी शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रकाशित: २० आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार