विन्डोज ११ आधिकारिक रुपमा सार्वजनिक

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
विन्डोज ११ आधिकारिक रुपमा सार्वजनिक

काठमाडौं ।

माइक्रोसफ्टले मंगलबार अर्थात् आज आफ्नो बहुप्रतिक्षित विन्डोज ११ अपरेटिङ सिस्टम आधिकारिक रुपमा सार्वजनिक गरेको छ।

हाल विन्डोज १० चलाइरहेका हरुका लागि निशुल्क अपग्रेडका रुपमा यसलाई उपलब्ध गराइएको बुझिएको छ।

विन्डोजका चिफ प्रडक्ट अफिसर पानोस पानेले अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीलाई बताए अनुसार हालको भर्सन यूजरका लागि सफा, ताजा तथा सामान्य महसुस गराउने उद्देश्यले ल्याइएको हो।

उनले यो नयाँ अपरेटिङ सिस्टममा हालसम्म उपभोक्ताहरु परिचित भइरहेका फिचरहरुबाट पूर्णरुपमा हट्ने भन्ने नभएको पनि प्रस्ट पारे।

यसबाहेक उनले यो सिस्टम प्रविधिका बारेमा धेरै जानकारी नभएका यूजरले पनि सजिलै अपग्रेड गर्नसक्ने खालको रहेकोमा जोड दिए।

सम्बन्धित समाचार

माइक्रोसफ्ट अफिस २०२१ अक्टोबर ५ मा विन्डोज ११ सँगै सार्वजनिक हुने

माइक्रोसफ्टले अब विन्डोज ११ लाई सकेसम्म धेरै चिपमा ‘कम्प्याटिबल’ बनाउने

विन्डोज ११ आगामी अक्टोबर ५ देखि आधिकारिक रुपमा उपलब्ध हुने

माइक्रोसफ्टद्वारा विन्डोज ११ को पहिलो बिटा भर्सन उपलब्ध

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार