रियलमीले ल्यायो फेस्टिभल अफर “रियलमी फेस्टिभ डेज”

  • Technology Khabar | १८ आश्विन २०७८, सोमबार
रियलमीले ल्यायो फेस्टिभल अफर “रियलमी फेस्टिभ डेज”

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको महान् चाड दसैं तिहारको अवसरमा रियलमी फेस्टिभ डे अफर घोषणा गरेको छ।

यो अफर असोज १६ गते सुरु भई कात्तिक ३० गते सकिने कम्पनीले बताएको छ।

अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकहरुले बम्पर पुरस्कार मार्फत कोन्का ६४-४के टिभी वा कोन्का ७ केजी फ्रन्ट वासिङ मेसिन वा रियलमी८ प्राप्त गर्नेछन्।

साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरुले सि११ २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकहरुले कोन्का भ्याकुम क्लिनर, कोन्का डिलक्स राइस कुकर, कोन्का आइरन, कोन्का होम थिएटर स्पीकर मध्ये कुनै एक जित्ने मौका पाउनेछन्।

यो अफरमा भाग लिन नयाँ उपभोक्ताहरुले क्युआर कोड स्क्यान गरी आफ्नो रियलमी फोनको आइएमइआइ नम्बर राख्नुपर्नेछ। यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागु हुनेछ।

लक्की ड्र मार्फत दैनिक, साप्ताहिक र बम्पर विजेताहरुको नाम रियलमीको अफिसियल फेसबुक पेज मार्फत जानकारी गराइने कम्पनीले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार