“म्याक्स मिडिया डिजिटल गुरु” प्रतियोगिताको शुरु, पाँच लाख रुपैयाँसम्म पुरस्कार जित्ने अवसर

  • Technology Khabar | १४ आश्विन २०७८, बिहीबार
“म्याक्स मिडिया डिजिटल गुरु” प्रतियोगिताको शुरु, पाँच लाख रुपैयाँसम्म पुरस्कार जित्ने अवसर

काठमाडौं ।

नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ । डिजिटल मिडिया सम्वन्धी संभवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा बिज्ञता भएका ब्यक्तिहरुलाई भाग लिन आब्ह्वान गरेको छ ।

‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्धेश्य नै डिजिटल मिडियामा विज्ञता भएका ब्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई ब्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्याउन त्यस्ता ब्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको छ ।

“नेपालमा विभिन्न विदेशी कम्पनिसँग सहकार्य गरेर डिजिटल मिडिया सम्वन्धी काम गर्ने अभ्यास भइरहेको छ। तर हामी स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडिया सम्वन्धी त्यस्तो प्रतिभाको खोजी गरी उनीहरुलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडिया सम्वन्धी आवश्यकता पूर्तिगर्ने उद्धेश्य लिएर अगाडि बढेका छौं,” कम्पनीले भनेको छ।

अहिलेको समयमा हामीले नेपालमा डिजिटल मिडियाको संभावना उच्च देखेको भन्दै विचार प्रस्तुत गर्ने एउटा सशक्त माध्यम पनि भएको कम्पनीले उल्लेख गरेको छ ।

“नेपालको डिजिटल मिडियाको क्षेत्रमा प्रसस्त अवसर रहेको हामीले देखेका छौं, जसवाट हरेक ब्यक्तिले आफू वसेको स्थानवाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा आफ्नो क्षमता प्रस्तुत गर्ने उचित अवसर प्राप्त गर्ने छ । यो एउटा ब्यक्तिको मात्र नभएर ग्राहक, आम विज्ञापनदाता र समग्र मिडिया उद्योगकै लागि राम्रो पक्ष हो,” विज्ञप्तीमा भनिएको छ ।

म्याक्स मिडिया डिजिटल गुरु एउटा बिशेष चुनौतिको परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो जहाँ सहभागिले प्रतियोगिताको नियममा रही आफ्नो रुचीको बिषयमा डिजिटल मिडिया सम्वन्धि सबल प्रस्तुति प्रस्तुत गर्न दिइने छ । यसवाट नेपालको डिजिटल मिडियाहरुको उत्थानका लागि एउटा नयाँ अध्ययन शुरु हुने अपेक्षा गरिएको छ।

यो उत्साहसँग आफ्नो नयाँ अनुभव कोर्नुका साथै सिमित घेराभन्दा वाहिर निस्किएर सिक्न र आफ्नो क्षमता वाहिर ल्याउनका लागि यो एउटा त्यस्तो अवसर हो जसले रु पाँच लाख सम्म पुरस्कार समेत प्राप्त गर्ने छ।

यस प्रतियोगितामा सहभागि हुनका लागि www.digitalguru.maxmedia.com.np मा रजिष्टर गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार