
काठमाडौं ।
अमेजनको हार्डवयर विभागले आगामी सेप्टेम्बर २८ का दिन भित्तामा माउन्ट गर्न मिल्ने १५ इन्चको इको डिभाइस सार्वजनिक गर्ने भएको छ।
ब्लूमबर्गमा आएको एक रिपोर्ट अनुसार होया कोडनेम रहेको यो डिभाइस भित्ता वा कुनै फराकिलो सतहका लागि बनाइएको हो।
यो डिभाइसको मुख्य काम भनेको लाइट तथा एप्लायन्सजस्ता स्मार्ट होम डिभाइसहरुलाई नियन्त्रण गर्नु हो। यसको आकारका हिसाबले यसलाई स्मार्ट होमको हबका रुपमा पनि मान्न सकिने बताइएको छ।
यसलाई भिडियो कल गर्नका लागि पनि प्रयोगमा ल्याउन सकिने बताइएको छ।
यसको यूआईले वेदर, टाइमर तथा क्यालेन्डरजस्ता विजेट सपोर्ट गर्ने भएकाले यसलाई फोटो फ्रेमका रुपमा पनि प्रयोगमा ल्याउन सकिन्छ।
होयाले नेटफ्लिक्स तथा यूट्युबजस्ता भिडियो स्ट्रिमिङ एपहरु पनि सपोर्ट गर्ने कम्पनीको दावी छ।
प्रकाशित: ११ आश्विन २०७८, सोमबार