चिप अभाव अल्पकालीन समस्या हो: इलन मस्क

  • Technology Khabar | १० आश्विन २०७८, आईतवार
चिप अभाव अल्पकालीन समस्या हो:  इलन मस्क

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कले हाल विश्वभर चलिरहेको सेमिकन्डक्टर चिपको अभाव केवल अल्पकालीन समस्यामात्र भएको बताएका छन्।

अर्बपति मस्कले गत शुक्रबार आफूलाई यो समस्या दीर्घकालीन भन्दा पनि अल्पकालीन भएको लाग्ने गरेको बताएका हुन्।

‘विश्वभर थुप्रै चिप निर्माण गर्ने फ्याक्ट्री बनिरहेका र आगामी वर्षसम्म राम्रै मोज्दात रहने मलाइ लाग्दछ’, शुक्रबार लाइभस्ट्रिम गरिएको एउटा इटलियन टेक इभेन्टमा मस्कले भने।

तर उनले कुन चिप फ्याक्ट्रीका बारेमा उल्लेख गरेको भन्ने चाहिँ प्रस्ट पारेनन्। सेमिकन्डक्टर चिप क्षेत्रका ठूला खेलाडीहरु इन्टेल र टीएसएमसीले अमेरिकामा नयाँ प्लान्ट निर्माण गरिरहेका भए पनि अझै थुप्रै वर्षसम्म उत्पादन बजारमा ल्याउन नसक्ने बुझिएको छ।

एडभाइजरी फर्म फोर्रेस्टरका अनुसन्धान निर्देशक तथा उपाध्यक्ष ग्लेन ओ’ डोनेलका अनुसार यो चिप अभाव सन् २०२३ भन्दा अघि समाप्त नहुने बताएका छन्।

प्रकाशित: १० आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १० आश्विन २०७८, आईतवार