बडा दशैंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना

  • Technology Khabar | १० आश्विन २०७८, आईतवार
बडा दशैंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना

काठमाडौं ।

नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ। अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,०००/– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५००/– सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिले आउनेलाई प्राथमिकताको आधारमा छुट प्रदान गरिने छ। यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ।

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिँदा रु. ५०० क्यासब्याक पनि प्रदान गर्दै आएको छ ।

यो योजना आश्विन १ देखि कात्तिक ३० गतेसम्म लागू हुने बैंकले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १० आश्विन २०७८, आईतवार