माइक्रोसफ्टले सर्फेस डुओ २ मा तीन वर्षसम्म अपडेट उपलब्ध गराउने

  • Technology Khabar | १० आश्विन २०७८, आईतवार
माइक्रोसफ्टले सर्फेस डुओ २ मा तीन वर्षसम्म अपडेट उपलब्ध गराउने

काठमाडौं ।

माइक्रोसफ्टको सर्फेस डुओ २ मा कम्पनीले ३ वर्षसम्म अपडेट उपलब्ध गराउने भएको छ।

कम्पनीले एन्ड्रोइड अथोरिटीमा एक विज्ञप्ति प्रकाशित गर्दै यसलाई प्रस्ट्याएको हो। यही अपडेट सर्फेस डुओमा पनि दिने वाचा गरिए पनि पहिलो जेनेरेशनको सर्फेस डुओमा अझै एन्ड्रोइड १० चलिरहेको छ।

माइक्रोसफ्ट यसै वर्षको अन्त्यसम्ममा सर्फेस डुओलाई एन्ड्रोइड ११ मा अपडेट गर्ने बताएको छ।

सर्फेस डुओ २ एन्ड्रोइड ११ का साथमा आउने भएकाले यसमा एन्ड्रोइड १२ कहिले आउँछ भन्ने जिज्ञासा भने रहने भएको छ।

यसै हप्ता माइक्रोसफ्टले सर्फेसको हार्डवयर घोषणा कार्यक्रममा केही नयाँ सर्फेस कम्प्युटर तथा सर्फेस डुओ २ सार्वजनिक गरेको थियो।

सर्फेस डुओ २ ट्रिपल क्यामरा सेटअफ, अपडेटेड ब्याट्री, नयाँ डिस्प्ले, अझै द्रुत चिपसेट तथा डुअल स्क्रीन हार्डवयरमा समग्र सुधारसहित आएको छ।

यसबाहेक यो डिभाइसमा एनएफसी तथा स्क्रीनमा कर्भ्ड एज दिइएको छ जसमार्फत् डिभाइस बन्द भएको बेला पनि नोटिफिकेशन र समय हेर्न सकिने बुझिएको छ।

प्रकाशित: १० आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १० आश्विन २०७८, आईतवार