शाओमीको रेडमी जी २०२१ गेमिङ्ग ल्यापटप सार्वजनिक, यस्तो छ बजार मूल्य र विशेषताहरु

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
शाओमीको रेडमी जी २०२१ गेमिङ्ग ल्यापटप सार्वजनिक, यस्तो छ बजार मूल्य र विशेषताहरु

काठमाडौं ।

रेडमीले गोप्य रुपमा रेडमी जी २०२१ (Redmi G 2021) गेमिङ्ग फोकस ल्यापटप ल्याएको छ। कम्पनीले यो ल्यापटप चिनियाँ बजारमा ल्याएको हो। यो इंटेल र एएमडी भेरियन्टमा आउँछ।

दुबै भेरियन्टमा १४४ हर्ज रिफ्रेस रेट, १६ जीबीसम्मको र्याम र आरटीएक्स ३०६० ग्राफिक्सको डिस्प्ले छ।

रेडमीको शक्तिशाली गेमिङ्ग ल्यापटमा १६.१ इन्चको डिस्प्ले छ, जुन १४४ हर्ज रिफ्रेस रेटको साथ आउँछ। ल्यापटपको इंटेल संस्करणमा ११ औं पुस्ताको इंटेल कोर आई५-११२६०एच (i5-11260H) प्रोसेसर छ, जुन १६ जीबी र्याम र ५१२ जीबी भण्डारणको साथ आउँछ। अर्कोतर्फ, रेजेन ७ ५८०० (Ryzen 7 5800) प्रोसेसर यसको एएमडी संस्करणमा दिइएको छ, जुन १६जीबी सम्मको र्याम विकल्पमा आउँछ। साथै, यसमा ५१२जीबीको स्टोरेज प्राप्त हुनेछ।

दुबै मोडेल विन्डोज १० मा आधारित भएर काम गर्दछन् र चाँडै नै विन्डोज ११ को लागी अपडेट प्राप्त गर्न सक्दछन्। रेडमी जी २०२१ मा हरिकेन हीट डिसिप्शन ३.० प्रणाली (Hurricane Heat Dissipation 3.0) दिइएको छ, जुन गर्मी हटाउन दोहोरो फ्यान र चार आउटलेटको साथ आउँछ।

एएमडी भेरियन्टमा कपर लिट पाइप पनि दिइएको छ।

रेडमी जी २०२१ को इंटेल भेरियन्टमा १८० वाटको पावर एडप्टर छ भने एएमडी मोडेलमा २३० वाटको पावर एडाप्टर उपलब्ध छ। दुबै मोडेलहरुमा वाईफाई, डिटिएक्स: एक्स अल्ट्रा साउन्ड, ब्याकलिट किबोर्ड, शाओ एआई स्मार्ट असिस्टेन्ट, थन्डरबोल्ट ४, यूएसबी-सी र शाओमी गेम बक्स समर्थन पाईन्छ।

रेडमी जी २०२१ एएमडी भेरियन्टको मूल्य ६,९९९ युआन तोकिएको छ। यो ल्यापटप शाओमी  मलमा उपलब्ध हुनेछ र यसको बिक्री २८ सेप्टेम्बरबाट सुरु हुनेछ।

यसको इंटेल मोडेलको मूल्य ५,९९९ युआन तोकिएको छ। यो ल्यापटप शाओमी मलमा पनि उपलब्ध हुनेछ, जसको बिक्री २३ सेप्टेम्बरबाट सुरु हुनेछ।

शाओमीले यो ल्यापटप अन्य बजारमा ल्याउँछ वा ल्याउँदैन भन्ने केहि जानकारी छैन् । एजेन्सीका साथ

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार