सूचना प्रविधि अधिकृतको रोस्टर तयार पार्दै बीमा समिति

  • Technology Khabar | ७ आश्विन २०७८, बिहीबार
सूचना प्रविधि अधिकृतको रोस्टर तयार पार्दै बीमा समिति
फाइल फोटो

काठमाडौं ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले करारमा सूचना प्रविधि अधिकृत भर्ना गर्ने भएको छ । बिहीवार सार्वजनिक सूचना प्रकाशन गर्दै नियामकले सूचना प्रविधि अधिकृतका लागि रोस्टर तयार पार्न लागेको जानकारी दिएको छ।

समितिका अनुसार सात दिनभित्र योग्यता पुगेका व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहितको निवेदन ईमेलमार्फत पठाउनुपर्नेछ । साथै समितिको कार्यालयमा समेत निवेदन दिन सकिनेछ ।

सूचनाअनुसार मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेका सूचना प्रविधि अधिकृतका लागि रोष्टरमा आफ्नो नाम चढाउन सक्नेछन्।

यसको लागि बीमा समितिले यो ईमेल [email protected] मार्फत आफ्नो व्यक्तिगत विवरण सहितको निवेदन पठाउन भनेको छ।

प्रकाशित: ७ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ७ आश्विन २०७८, बिहीबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ७ आश्विन २०७८, बिहीबार

NOC from Nagarik App

  • ७ आश्विन २०७८, बिहीबार

E-pension verification system launched

  • ७ आश्विन २०७८, बिहीबार