फ्रान्सको एनएफटीमा आधारित फेन्टासी फुटबल कार्ड संस्थाद्वारा ६८ करोड डलर संकलन

  • Technology Khabar | ७ आश्विन २०७८, बिहीबार
फ्रान्सको एनएफटीमा आधारित फेन्टासी फुटबल कार्ड संस्थाद्वारा ६८ करोड डलर संकलन

काठमाडौं ।

फ्रान्सको फुटबल ट्रेडिङ कार्डको व्यापार गर्ने संस्था सोरारेले नन फन्जिबल टोकन अर्थात् एनएफटीमार्फत् ६८ करोड डलर संकलन गरेको छ।

एनएफटीमा आधारित कार्डहरु फेन्टासी फुटबल टिम निर्माणका लागि फुटबलका समर्थकहरुले प्रयोग गर्दछन्।

उक्त एनएफटी अक्शन प्रविधि लगानीकर्ता संस्था सफ्टब्यांकको नेतृत्वमा भएको थियो भने यसमा रियो फर्डिनान्डले पनि रकम लगाएका थिए।

खेलाडीहरुले अक्शनमा सोरारेबाट कार्डहरु किन्न सक्छन् भने समर्थकहरुले पनि आफूसँग भएका कार्ड अन्य खेलाडीहरुसमक्ष अक्शन वा किनबेच गर्न सक्छन्।

सोरारेले आफ्नो प्लेटफर्ममा जनवरीयता १५ करोड डलर बराबरको कार्डको कारोबार भइकेको दावी गरेको छ।

हालको लगानीले संस्थाको मूल्यांकन ४ अर्ब ३० करोड डलर पुर्याएको बताइएको छ।

के हो एनएफटी?

एनएफटीका रुपमा कुनै पनि कलाकृतिलाई डिजिटल सर्टिफिकेट प्रदान गर्नका लागि उक्त कलाकृतिको डाटालाई कम्प्युटरका माध्यमबाट सुरक्षित गरिन्छ।

यसो गरेपछि त्यसको प्रतिलिपि अधिकार अरु कुनै अनधिकृत व्यक्तिले दुरुपयोग गर्न पाउँदैन भने आधिकारिक हकवालाले किनबेच गर्न सक्दछ।

एनएफटीका रुपमा कुनै पनि कलाकृति किन्नेले त्यसको सक्कल प्रति वा प्रतिलिपि अधिकार केही पनि पाउँदैन।

एनएफटीहरु आर्थिक जोखिम तथा वातावरणीय प्रभाव पनि जोडिने भएकाले विवादास्पद मानिन्छन्।

क्रिप्टोकरेन्सी झैं एनएफटी पनि ब्लकचेनमार्फत् लेजरमा सुरक्षित गरिन्छ भने त्यसलाई विश्वका हजाराैं कम्प्युटरहरुमा सम्हालेर राखिन्छ।

सम्बन्धित समाचार

एनएफटीको किनबेचमा भित्री सूचना दुरुपयोग गरेको ओपनसीद्वारा स्वीकार

ब्यांक्सीको एनएफटी घटनाअघि दिएइको थियो वेबसाइटमा सुरक्षा खतरा रहेको चेतावनी

झूटो एनएफटी ३९ करोड रुपैयाँमा बिक्री, ह्याक भएको आशंका

१२ वर्षका बालकले कमाए एनएफटीमार्फत् ४७ करोड रुपैयाँ, क्रिप्टोकरेन्सीमा सञ्चय गर्ने

स्टिभ जब्सले जागिर खानका लागि दिएको दरखास्तको भाैतिक र एनएफटी दुवै भर्सन बिक्रीमा 

प्रकाशित: ७ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार