
काठमाडौं ।
छिमेकी देश भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबबाट लाखौं रुपैयाँ मासिक कमाउने गरेको बताएका छन्।
गत हप्ता भारतका सडक परिवहन तथा राजमार्ग मन्त्री गडकरीले सामाजिक सञ्जालमा जानकारी दिँदै उनी यूट्यूबबाट हरेक महिना ४ लाख भारु अर्थात ६ लाख ४० हजार रुपैयाँ कमाइरहेको बताए।
गडकरीको च्यानलमा हाल २.२७ लाख भन्दा धेरै सब्सक्राइबरहरु रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
गडकरीको पब्लिक रिलेसन हेर्ने टोलीले उनको च्यानलमा उनी सहभागी कुनैपनि कार्यक्रमको भिडियो अपलोड गर्दछ।
मन्त्री गडकरीले युट्युबमा राखिएको आफ्नो भाषणको भिडियोलाई विश्वभरका मानिसहरुले हेरेको र त्यसबाट नै आम्दानी हुने गरेको जानकारी दिएका थिए।
https://twitter.com/ankesh_ojha98/status/1438615733680803858?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1438615733680803858%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=about%3Asrcdoc
गडकरीको च्यानलमा सबैभन्दा लोकप्रिय भिडियो भारतमा संचालन भईरहेको चार धाम महामार्ग विकास परियोजनाको रहेको छ। भिडियो ४ बर्ष पहिले अपलोड गरिएको थियो। यो भिडियोलाई अहिलेसम्म १२ लाख पटक हेरिएको छ।
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार