माइक्रोसफ्ट अफिस २०२१ अक्टोबर ५ मा विन्डोज ११ सँगै सार्वजनिक हुने

  • Technology Khabar | ४ आश्विन २०७८, सोमबार
माइक्रोसफ्ट अफिस २०२१ अक्टोबर ५ मा विन्डोज ११ सँगै सार्वजनिक हुने
Global IME Bank

काठमाडौं ।

माइक्रोसफ्टले हालै आफ्नो अफिस २०२१ भर्सन आगामी अक्टोबर ५ मा विन्डोज ११ सँगै सार्वजनिक गर्ने घोषणा गरेको छ।

अफिस २०२१ ले माइक्रोसफ्ट ३६५ मा रहेको क्लाउडमा आधारित सेवाको सट्टा अफिस एपहरु एकपटक किनेर चलाउन मिल्ने हिसाबले प्रस्तुत गरेको छ।

यसबाहेक माइक्रोसफ्टले आफ्नो माइक्रोसफ्ट अफिस लङ टर्म सर्भिस च्यानल अर्थात् एलटीएससी म्याकओएस तथा विन्डोज दुवैका लागि उपलब्ध गराएको घोषणा गरेको छ।

माइक्रोसफ्टले यो घोषणा आफ्नो ब्लग पोस्टमार्फत् गरेको हो जसमा अक्टोबर ५ मा अफिस २०२१ तथा अफिस एलटीएससी सार्वजनिक हुने जनाइएको छ।

एलटीएससीमार्फत् यूजरले एक्सेल, डाइनामिक एरेज, डार्क मोड लगायतका एपमा एक्सलूकअप जस्ता फिचर प्राप्त गर्ने तथा एक्सेल, आउटलूक, पावरप्वाइन्ट तथा वर्डमा सुधार भएको पाउने बताएको छ। यसमा माइक्रोसफ्ट टिम क्लाइन्ट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०७८, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार