
काठमाडौं ।
ताइवानको सेमिकन्डक्टर चिप कम्पनी मिडियाटेकले भारतमा स्थानीय उत्पादनलाई बढावा दिन अझ बढी कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ।
यसै हप्ताको शुरुवातमा कम्पनीले यसै आर्थिक वर्षभित्र भारतमा रहेको आफ्ना अनुसन्धान तथा विकास फ्यासिलिटीलाई विस्तार गर्न तथा प्रबल बनाउन कर्मचारीहरु धमाधम द्रुत गतिमा भर्ना गर्ने जनाएको हो।
कम्पनीले भर्ना गर्ने कर्मचारीको सङ्ख्या तोकेको छैन तर भारतका विभिन्न ठाउँमा कार्यालय राख्ने योजना भने बनाएको छ।
भारतमा रहेका मिडियाटेकका कार्यालय आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि, स्मार्ट होम, इन्टरप्राइज, फाइभजी तथा वायरलेस सञ्चारका क्षेत्रमा केन्द्रित हुने बुझिएको छ।
मिडियाटेक एउटा चर्चित सेमिकन्डक्टर चिप कम्पनी हो जुन विशेषगरी वायरलेस सञ्चार तथा डिजिटल मल्टिमिडिया प्रविधिमा केन्द्रित रहन्छ।
कम्पनीको चिप इन्टिग्रेटेड सिस्टम सोलुशनमा वायरलेस कम्युनिकेशन, हाइ-डेफिनिशन डिजिटल टीभी, अप्टिकल स्टोरेज तथा अन्य सम्बन्धित उत्पादनहरु समावेश हुन्छन्।
प्रकाशित: ४ आश्विन २०७८, सोमबार