एप्पलका सह-संस्थापक स्टीभ वोज्नियाकले स्थापना गरे अन्तरिक्ष कम्पनी ‘प्राइभेटीर स्पेस’

  • Technology Khabar | ४ आश्विन २०७८, सोमबार
एप्पलका सह-संस्थापक स्टीभ वोज्नियाकले स्थापना गरे अन्तरिक्ष कम्पनी ‘प्राइभेटीर स्पेस’

काठमाडौं ।

एप्पलका सह-संस्थापक स्टीभ वोज्नियाकले एक निजी अन्तरिक्ष कम्पनी स्थापना गरेको जानकारी दिएका छन् । उनले नयाँ कम्पनीको बारेमा ट्वीट गरेर आइतबार जानकारी दिएका हुन जसमा उनले “अरु भन्दा फरक (अनलाइक द अदर्स)” भएको संकेत दिएका छन्।

‘प्राइभेटीर स्पेस’ भनिने कम्पनीको मिशन “अन्तरिक्षलाई सुरक्षित राख्ने र सबै मानव जातिको लागी सुलभ पहुँच राख्नका लागी,” रहेको छ। जसको बारेमा वोज्नियाकले एक यूट्यूब भिडियो लिंक समेत सेयर गरेका छन्।

जानकारीअनुसार रिपकर्डका संस्थापक एलेक्स फिल्डिंग पनि सह संस्थापक हुन्।

कम्पनीको बारेमा धेरै विषयहरु सेयर गरिएको छैन। प्राइभेटीरको साइटकाअनुसार, “आकाशमा अब सीमा छैन,” र “हामी ‘स्टील्थ’ मोड मा छौं।”

साइटले भनेअनुसार कम्पनी एडभान्स  मौउ अप्टिकल एण्ड स्पेस सर्भिलेन्स टेक्नोलोजीज (AMOS) मा हुनेछ । कम्पनी अमेरिकाको हवाईस्थित वाइलामा आयोजना हुने सम्मेलनमा सहभागी हुनेछ, जुन मंगलवार शुरु हुन्छ।

अन्तरिक्षलाई केन्द्रमा राखेर काम गर्ने यो पछिल्लो कम्पनी हो । यसअघि अन्य टेक्नोलोजी लिडरहरु जसमा अमेजनका संस्थापक जेफ बेजोसको ब्लू ओरिजिन र टेस्लाका सीईओ इलन मस्कको स्पेसएक्ससहित आफ्नो अन्तरिक्ष प्रयासहरु शुरू गरिसकेका छन्। एजेन्सी

प्रकाशित: ४ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...