काठमाडौं ।
यसै हप्ता सार्वजनिक भएको आईफोन १३ सिरिज शनिबार बजारको पहिलो लहरमा प्रि-अर्डरमा गएको छ।
उक्त डिभाइस आगामी सेप्टेम्बर २४ मा प्रि-अर्डर शुरु भएर छिट्टै डेलिभरी हुने अपेक्षा गरिए पनि प्रो तथा प्रो म्याक्स मोडलको डेलिभरी अक्टोबरमा मात्र हुने भएको छ।
यी दुई मोडल छिटोमा आगामी अक्टोबर ६ देखि ११ का बीचमा डेलिभरी हुने बुझिएको छ।
२५६ जीबी सुनोलो रंगको भेरियन्ट बाहेक सबै आईफोन १३ प्रो तथा म्याक्स आगामी अक्टोबर ६ देखि ११ भित्रमा डेलिभरी हुने अपेक्षा गरिएको छ।
आईफोन १३ प्रो को भने सिल्भर, ग्राफाइट, गोल्ड तथा सिएरा ब्लू रंगका १२८ र २५६ जीबी भेरियन्ट तथा ५१२ जीबीका गोल्ड तथा सिएरा ब्लू रंगका डिभाइस यही सेप्टेम्बर २४ देखि नै डेलिभरी गरिने बुझिएको छ।
यी भेरियन्टको शिपिङ ढिलो हुनुको मतलब अरुभन्दा बढी रुचाइएकोले नभएर एप्पलले प्रि अर्डर गरिए अनुसारको मोज्दात राख्न नसकेकाले भएको बताइएको छ।
प्रकाशित: ३ आश्विन २०७८, आईतवार