काठमाडौं ।
केही समयअघिदेखि चर्चित टेक एसेसरिज ब्राण्डहरु अमेजनबाट एक्कासी हराएको अनुभव गर्नुभएको होला। यो त्यसै हराएका होईनन् र यीनीहरुलाई अभियानअन्तरगत हटाईएका हुन् ।
अकी, एमपाओ, र्याभपावर, भाभा लगायतका ग्याजेट बिक्रेताहरु अमेजन अनलाइन स्टाेरबाट एक्कासी हराएका थिए ।
त्यो हुँदा धेरैले अमेजनले जानीजानी त्यस्ता ब्राण्डलाई बन्द गरेको आरोप लगाए । विस्तारै अन्य ब्राण्डहरु पनि हराउँदै गएसँगै अमेजनले यसको यथार्थ बाहिर ल्याएको छ ।
अमेजनले आफ्नो नीति उल्लंघन गरेको भन्दै ३ हजार विभिन्न बिक्रेताका ६ सय चिनियाँ ब्राण्डमाथि सधैंका लागि प्रतिबन्ध लगाएको द भर्जले जनाएको छ ।
कम्पनीका अनुसार यो प्रक्रिया विगत पाँच महिनादेखि विश्वभर सुरु भएको थियाे । अमेजन प्रवक्ताकाअनुसार ती ६०० ब्राण्डहरु अब अमेजनमा सँधैका लागि प्रतिबन्धित भएका छन् । उनीहरुले विषेशगरी गलत रिभ्यु दिएर प्रयोगकर्तालाई झुक्याउने काम गरेको भन्दै कम्पनीले यस्तो निर्णय लिएको बताएको छ ।
यसअघि सन् २०१६ मा अमेजनले नियतबस गरिएका रिभ्यूहरुलाई समेत हटाउँदै प्रतिबन्ध लगाएको थियो । जसमा रिभ्यूका लागि भुक्तानी गरेको बताईएको थियो ।
प्रकाशित: ३ आश्विन २०७८, आईतवार