बदलिँदै चार्जर प्रविधि, ३८ वर्षमा देखियो यति धेरै उतार-चढाव

  • Technology Khabar | ३ आश्विन २०७८, आईतवार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले बुधबार आफ्नो ११ टी सिरिजका दुई नयाँ डिभाइस ११टी तथा ११टी प्रो सार्वजनिक गर्यो।

कम्पनीले पहिलोपटक आफ्नो स्मार्टफोन सिरिजमा १२० वाट हाइपर चार्जर उपलब्ध गराएको छ। शाओमी ११टी प्रो मा ५००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ।

यो ब्याट्रीले १२० वाटको शाओमी हाइपर चार्जर सपोर्ट गर्ने कम्पनीको दावी छ।यसबाहेक कम्पनीले शाओमी ११टी प्रो केवल १७ मिनेटमा फुल चार्ज हुने पनि बताएको छ। सुरक्षाका लागि चार्जरमा टीयूभी सेफ चार्ज सिस्टम सर्टिफिकेट पनि प्रदान गरिएको छ।

सन् १९८३ मा मोटोरोलाले ल्याएको चार्जिङ प्रविधिपछि हालसम्मका ३८ वर्षमा के कसरी यो क्षेत्रमा विकास र परिवर्तन हुँदै गए त?

सन् १९८३मा सबैभन्दा पहिले आएको पोर्टेबल फोन मोटोरोला डायना टीएसी ८०००एक्सको ब्याट्रीमार्फत् १ घन्टाको टकटाइम ब्याकअप पाइन्थ्यो। तर यसलाई चार्ज गर्न भने झण्डै ८ घण्टाको समय लाग्थ्यो।

यस्तो छ चार्जिङ प्रविधिको चरणबद्ध यात्रा:

वर्षब्याट्री क्षमताटकटाइम/स्ट्यान्डबाइ टाइमप्रयोग भएको पहिलो मोडल
१९८३लिड एसिड१ घण्टा/८ घण्टामोटोरोला डायना टीएसी ८०००एक्स
१९९२स्लिम एनआईसीडी ३८० एमएएच४.५ मिनेट/११ घण्टानोकिया १०१ पहिलो जीएसएम फोन
१९९६निकेल मेटल ५०० एमएएच२.८ घण्टा/७५ घण्टामोटोरोला स्टार टीएसी पहिलो फ्लिप फोन
१९९८लिथियम पोलिमर ६०० एमएएच३.२० घण्टा/१८० घण्टानोकिया ५११०
१९९९निकेल मेटल १२०० एमएएच४.३० घण्टा/२६० घण्टानोकिया ३२१०
२०००लिथियम आयोन १००० एमएएच४.३० घण्टा/२४५ घण्टानोकिया ३३१०
२००३लिथियम आयोन ८५० एमएएच४.५ घण्टा/४०० घण्टानोकिया ११००
२००५लिथियम पोलिमर १५०० एमएएच६ घण्टा/२१६ घण्टानोकिया एन९२
२००६लिथियम आयोन ९७० एमएएच३.५ घण्टा/११ दिननोकिया एन९२
२००६लिथियम आयोन १०५० एमएएच७ घण्टा/५५० घण्टासामसङ एस ८५०० पहिलो एमोलेड डिस्प्ले, नोकिया ६२१५आई पहिलो ओएलईडी डिस्प्ले
२००८लिथियम आयोन १२२० एमएएच नन रिमुभेबल१० घण्टा/३०० घण्टाएप्पल आईफोन थ्रीजी
२००८लिथियम आयोन १००० एमएएच३ घण्टा/२५० घण्टासामसङ एसजीएच -एफ४८०
२००९लिथियम आयोन १३४० एमएएच८ घण्टा/६०० घण्टाएचटीसी म्याजिक
२०१०लिथियम आयोन १४२० एमएएच५.५० घण्टा/४०० घण्टाआईफोन ४
२०११लिथियम आयोन १६५० एमएएच८.४० घण्टा/६१० घण्टासामसङ ग्यालेक्सी एस २
२०१२लिथियम आयोन २१०० एमएएच११४० घण्टा/७९० घण्टासामसङ ग्यालेक्सी एस ३
२०१३लिथियम आयोन २८०० एमएएच२१ घण्टा/३९० घण्टासामसङ ग्यालेक्सी एस ४
२०१४लिथियम आयोन २६०० एमएएच१७ घण्टा/३७० घण्टासामसङ ग्यालेक्सी एस ५
२०१५लिथियम पोलिमर ४००० एमएएच२५ घण्टा/८४० घण्टालेनोभो पी७८०

प्रकाशित: ३ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया