सञ्चार सचिव बैकुण्ठ अर्याललाई सुप्रवल जनसेवाश्री पदक, वैज्ञानिक दाजुभाई रामलक्ष्मणले पाए जनसेवाश्री

  • Technology Khabar | ३ आश्विन २०७८, आईतवार
सञ्चार सचिव बैकुण्ठ अर्याललाई सुप्रवल जनसेवाश्री पदक, वैज्ञानिक दाजुभाई रामलक्ष्मणले पाए जनसेवाश्री
फाइल तस्बिर

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् ।

सो अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पनि पदक प्राप्त गरेका छन् । सञ्चार सचिव अर्यालले सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका हुन् । तर गोरखापत्रमा प्रकाशित उनको बिबरणमा भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय भनेर प्रकाशित भएको छ।

त्यसैगरी सञ्चार मन्त्रालयकै उपसचिव मुकुन्द शर्माले पनि प्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् ।

सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेकामध्ये आईडिया स्टुडियोले नवप्रवर्तनको योगदानका लागि पदक प्राप्त गरेकोछ। आईडिया स्टुडियोले जनसेवाश्री पदक प्राप्त गरेको हो ।

यसैगरी वैज्ञानिक अनुसन्धानमा सक्रिय रहँदै आएका र नयाँ आविश्कार गर्दै आएका राम लक्ष्मण दाजुभाईले समेत जनसेवाश्री पदक प्राप्त गरेका छन् । राम प्रसाद रिमाल र लक्ष्मण प्रसाद रिमाल दुबैजनालाई युवा वैज्ञानिकको तहमा सो पदक दिईएको हो।

पदकमध्ये नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ।

यस बाहेक विभिन्न व्यक्तिहरुले विभिन्न मानपदक तथा अलंकार प्राप्त गर्नुभएको छ ।

प्रकाशित: ३ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार