
काठमाडौं ।
टिकटकको चिनियाँ संस्करण चिनियाँ छोटो भिडियो एप डुईनले यसका १४ बर्ष भन्दा कम उमेरका सबै प्रमाणित प्रयोगकर्ताहरुले अब “युवा मोड” मा एप को उपयोग गर्ने शनिवार बताएको छ। कम्पनीले युवाहरुलाई अनुपयुक्त सामग्रीबाट जोगाउनको लागी नयाँ फिचर ल्याएको बताएको छ।
‘युवा मोडमा, १४ बर्ष भन्दा कम उमेरका प्रयोगकर्ताहरुले एक दिनमा ४० मिनेटको लागी मात्र एपको उपयोग गर्न सक्छन्, र केवल बिहान चिनियाँ स्थानीय समयअनुसार ६ बजे देखि १० बजेसम्म,’ बेइजिङ्गस्थित बाइटडान्सको स्वामित्व भएको डुईनले एक विज्ञप्तीमा भनेकोछ।
युवालाई जोगाउने उपाय प्लेटफर्मको इतिहासमा सबैभन्दा कडा थियो, डुईनले भने।
चिनियाँ नियामकहरूले मुख्य समाजवादी मूल्यहरुको उल्लंघनको रक्षा गर्न यस वर्ष इन्टरनेटमा आफ्नो पकड कडा पारेका छन्। अधिकारीहरुले विशेष गरी नाबालिगहरुलाई इन्टरनेट सेलिब्रेटीहरुको “अन्धो” र “अराजक” पुजा सहित अनलाइन खतराहरुबाट अझ सुरक्षित हुन आग्रह गरेका छन्।
टेनसेन्टको स्वामित्वमा भएको लोकप्रिय सामाजिक सन्देश एप वीच्याटमा पनि एक “युवा मोड” छ, जुन जतिबेला सक्रिय हुन्छ, युवा प्रयोगकर्ताहरुको केहि खेलहरु र कार्यक्षमताहरु जस्तै भुक्तानी वा नजिकैका साथीहरुलाई खोज्ने कार्य सीमित गर्दछ। रोयटर्स
प्रकाशित: ३ आश्विन २०७८, आईतवार