शाओमीद्वारा ११ टी तथा ११ टी प्रो स्मार्टफोन सार्वजनिक

  • Technology Khabar | २ आश्विन २०७८, शनिबार
शाओमीद्वारा ११ टी तथा ११ टी प्रो स्मार्टफोन सार्वजनिक

काठमाडौं ।

शाओमीले हालै आफ्नो नयाँ स्मार्टफोन सिरिज विश्व बजारमा  सार्वजनिक गरेको छ।

चीनको लोकप्रिय तथा विश्वकै सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी शाओमीले हालै बजारमा ल्याएको सिरिजमा तीन ओटा मोडलहरु रहेका छन्।

यी सबैमा एमोलेड डिस्प्ले दिइएको छ। साथै दुई ओटा मोडलमा १०८ मेगापिक्सेलको क्यामरा राखिएको छ। यो सिरिजको सबैभन्दा ठूलो विशेषता भनेको क्यामरा फिचर हो।

फोटो तथा भिडियो फिचर्सका साथमा यूजरलाई सिनेम्याजिक अनुभव दिलाउन यो सिरिज ल्याइएको कम्पनीको भनाइ छ। 

 

शाओमी ११ टी

शाओमी ११ टी स्मार्टफोनमा ९० हर्ज रिफ्रेश रेटसहितको ६६.७ इन्चको एमोलेड डिस्प्ले दिइएको छ। एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १२.५ युक्त यो मोडलमा मिडियाटेकको डाक्षमेन्सिटी १२०० अल्ट्रा चिपसेट राखिएको छ। यसबाहेक ८ जीबी र्याम तथा २५६ जीबीको आन्तरिक स्टोरेज उपलब्ध छ। पछाडि १०८ मेगापिक्सेलको ट्रिपल तथा सेल्फीका लागि १६ मेगापिक्सेल सेन्सर दिइएको छ।

 

शाओमी ११ टी

शाओमी ११ टी प्रो मा स्मार्टफोनमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.६७ इन्चको एमोलेड डिस्प्ले दिइएको छ। एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १२.५ युक्त यो मोडलमा मिडियाटेकको स्न्यापड्रागन ८८८ चिपसेट राखिएको छ।

यसबाहेक १२ जीबी र्याम तथा २५६ जीबीको आन्तरिक स्टोरेज उपलब्ध छ। यसमा पनि पछाडि १०८ मेगापिक्सेलको ट्रिपल तथा सेल्फीका लागि १६ मेगापिक्सेल सेन्सर दिइएको छ।

यी दुवैमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ भने १२० वाट हाइपर चार्ज सपोर्ट रहेको छ।

प्रकाशित: २ आश्विन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार