
काठमाडौं ।
सोशल मिडिया कम्पनी ट्विटरले पुन भेरिफिकेसनको प्रकृया शुरु गरेको छ । कम्पनीले अब प्रयोगकर्ताहरुले फेरी ब्लू ब्याजको लागि आवेदन दिन सक्ने घोषणा गरेको हो ।
केहि समयअघि मात्र ट्विटरले सो भेरिफिकेसन अर्थात प्रमाणीकरणको कार्य रोकेको थियो । जसमा सुधार गर्नुपर्ने आवश्यकता भएको बताएको थियो ।
निकै लामो समयपछि शुरु गरेको भेरिफिकेसनको लागि कम्पनीले प्रकृया शुरु गरेसँगै नक्कली र फेक एकाउन्टहरुले समेत भेरिफिकेसन ब्याज पाएपछि आलोचना शुरु भएको थियो । जसमा कम्पनीले तत्काल एक्सन लिँदै त्यस्ता एकाउन्टहरुलाई बन्द गरेको थियो ।
कम्पनीले आफ्नो कमजोरीलाई स्वीकार गरी सच्याएर नयाँ भेरिफिकेसन प्रकृया शुरु गरेको जनाएको छ ।
भेरिफिकेसनका लागि प्रयोगकर्ताले सेटिङ्ग अप्सनमा गएर भेरिफिकेसनको लागि अनुरोध गर्नुपर्नेछ । जसमा केहि प्रकृयाहरु पुरा गर्नुपर्ने हुन्छ।
प्रकाशित: १ आश्विन २०७८, शुक्रबार