
काठमाडौं ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ।
सिटी एक्सप्रेसले यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गर्ने बताएको छ। साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सक्ने पनि कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो योजना असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागु हुनेछ।
प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार