एएमसीका सिनेमा हलहरुले बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी स्विकार्ने

  • Technology Khabar | ३१ भाद्र २०७८, बिहीबार
एएमसीका सिनेमा हलहरुले बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी स्विकार्ने

काठमाडौं ।

अमेरिकी सिनेमा हलहरुको चेन कम्पनी एएमसी इन्टरटेन्मेन्टका सीईओ एडम एरोनले बुधबार एएमसी थियटरले बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी स्विकार्ने बताएका छन्।

एरोनले अनलाइन टिकट काट्न तथा छुटसहितको भुक्तानी गर्दा इथेरियम, लाइटक्वाइन तथा बिटक्वाइन क्याशजस्ता डिजिटल मुद्रा स्विकार्ने जानका। दिएका हुन्।

क्रिप्टोकरेन्सीका पारखीहरु, एएमसी थियटरले यसै वर्षको अन्त्यदेखि अनलाइन टिकट तथा छुटसहितको भुक्तानीका क्रममा बिटक्वाइन स्वीकार गर्ने विदितै होला। यो सेवा शुरु भएपछि हामीले बिटक्वाइनका साथमा लाइटक्वाइन, इथेरियम तथा बिटक्वाइन क्याशजस्ता अन्य क्रिप्टोकरेन्सीमार्फतको भुक्तानी स्विकार गर्ने कुरा आज म सुनिश्चित गर्न चाहन्छु’, एरोनले ट्वीटमा लेखेका छन्।

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...