अन्तरिक्ष पर्यटनमा स्पेसएक्सले पनि रच्यो इतिहास, ४ जना सर्वसाधारण अन्तरिक्षमा प्रस्थान

  • Technology Khabar | ३१ भाद्र २०७८, बिहीबार
अन्तरिक्ष पर्यटनमा स्पेसएक्सले पनि रच्यो इतिहास, ४ जना सर्वसाधारण अन्तरिक्षमा प्रस्थान

काठमाडौं ।

स्पेसएक्सले हालै चार जना गैर पेशेवर अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा रहेको पृथ्वीको अक्षमा पठाएको छ।

यी चारै जना हालै ड्रागन क्याप्सुलमा अन्तरिक्षतर्फ गएका हुन्।

उनीहरु अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अझै १६० किमी उचाइमा रहेको पृथ्वीको सबैभन्दा उचाइको अक्षबाट पृथ्वीको परिक्रममा गर्दै उनीहरुले त्यहाँ तीन दिन बिताउनेछन्।

अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सको पहिलो अल सिभिलियन क्रू बुधबार राती अन्तरिक्षका लागि प्रस्थान गरेको हो। पहिलो पटक ४ सर्वसाधारण सम्मिलित यो मिशनको नाम इन्स्पिरेशन ४ दिइएको छ।

यो इलन मस्कको अन्तरिक्ष पर्यटनको क्षेत्रमा पहिलो प्रवेश हुनेछ।

तीन दिन अन्तरिक्षमा बसेर यी चारै जना पृथ्वीको वायुमण्डलबाट प्रवेश गर्दै अमेरिकाको फ्लोरिडामा अवतरण गर्नेछ।

यो टोलीको नेतृत्व ३८ वर्षीय आइज्याकम्यानले गरेका छन्। उनी एउटा भुक्तानी कम्पनीका मालिक हुन्। उनले १६ वर्षको उमेरमा यो कम्पनी शुरु गरेका थिए।

यसअघि ब्लू ओरिजिन र भर्जिन स्पेसशिपले पनि निजी क्षेत्रबाट अन्तरिक्ष पर्यटनको थालनी गर्दै उडान भरेका थिए।

यो टोलीमा यो ट्रिपमा आइज्याकम्यानबाहेक २९ वर्षीय हेयली आर्केनो तथा अन्य दुई जना भने अमेरिकी एयरफोर्सका ५१ वर्षीय पाइलट क्रिस सेम्ब्रोस्की तथा ५१ वर्षकै शान प्रोक्टर पनि रहेका छन्।

उनीहरु रहेको फाल्कन-९ रकेटले बुधबार नासाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरबाट उडान भरेको हो।

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार