उपाय सिटी कार्गोमा डोल्मा इम्प्याट फण्डको १८ करोड लगानी

  • Technology Khabar | ३१ भाद्र २०७८, बिहीबार

काठमाडौं ।

डिजिटल कार्गो सेवा प्रदायक उपाय सिटी कार्गोले डोल्मा इम्प्याक्ट फण्डबाट थप लगानी सुनिश्चित गरेको छ।

पछिल्लो दिनमा काठमाडौंमा मोटरसाइकलबाट समेत ढुवानी सेवा शुरु गरेको उपाय सिटी कार्गोले डोल्मा इम्प्याट फण्ड दोस्रोबाट करिब १६ लाख अमेरिकी डलर अर्थात आजको मूल्यमा करिब १८ करोड ८६ लाख रुपैयाँ लगानी जुटाएको हो । सो रकम कम्पनीले उपायमा शेयरको रुपमा लगानी गर्ने बताएको छ।

फण्डले हालै सो बारेमा ट्वीट गरेर थप लगानी गर्न सहमत भएको जनाएको छ। डोल्माकाअनुसार डोल्मा इम्प्याट फण्ड दोस्रोबाट उपायमा गरीएको यो पहिलो लगानी हो ।

डोल्माले नेपालमा डिजिटल अर्थतन्त्रको प्रचुर विकास र बिस्तारको संभावना देखेको उल्लेख गरेको छ।

उपाय सिटीकार्गोले प्रचलित बजार दरको तुलनामा कम मूल्य र छिटो ढुवानी सेवाका लागि ड्राइभर र दुई पाङ्ग्रे राइडर-साझेदारहरूको ठूलो सञ्जालका साथै सुविधाजनक मोबाइल ट्र्याकिङ र कर बीजकको व्यवस्था समेत गर्ने गरेको बताउँदै आएको छ।

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार