ह्वावेद्वारा विश्वकै ठूलो स्मार्टफोन प्रतियोगिता नेक्स्ट इमेज अवार्ड २०२१ को घोषणा

  • Technology Khabar | ३० भाद्र २०७८, बुधबार
ह्वावेद्वारा विश्वकै ठूलो स्मार्टफोन प्रतियोगिता नेक्स्ट इमेज अवार्ड २०२१ को घोषणा

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफूले गर्दै आएको विश्वकै ठूलो स्मार्टफोन फोटोग्राफी प्रतियोगिता पुन: आयोजना गर्ने घोषणा गरेको छ।

ह्वावेले घोषणा गरेको प्रतियोगिताको नाम नेक्स्ट इमेज अवार्ड्स २०२१ हो र इभेन्टका लागि यस वर्षको थिम ‘बेटर टुगेदर’ राखिएको छ।

सेप्टेम्बर १५ अर्थात् आज बुधबारदेखि विश्वभरका ह्वावे यूजरले आफ्ना फोटो तथा भिडियो पठाएर विभिन्न ७० ओटा पुरस्कार जित्ने मोका पाउने कम्पनीले जनाएको छ।

यी पुरस्कारमा भर्खरै सार्वजनिक भएको ह्वावे पी५० र १० हजार डलरको राशीसमेत रहेको छ।

कम्पनीले आगामी नोभेम्बर ३० सम्म आएका फोटो तथा भिडियोलाई प्रतियोगितामा समावेश गर्ने बताएको छ। सन् २०१७ मा शुरु भएको नेक्स्ट इमेज अवार्ड्स विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन फोटोग्राफी प्रतियोगिता हो। यो लिंकमा क्लिक गरेर यो प्रतियोगितामा भाग लिन सकिन्छ।

प्रतियोगिता घोषणा भएको केही घण्टामै विश्वभरबाट २० लाखभन्दा बढी फोटो तथा भिडियो इन्ट्री भइसकेको चिनियाँ समाचार संस्था गिज्मोचाइनाले लेखेको छ।

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ३० भाद्र २०७८, बुधबार