विद्युतीय माध्यमबाट गर्ने भुक्तानी कारोबारको सीमा बढ्यो, ग्राहक सेवा शुल्कमा समेत वृद्धि

  • Technology Khabar | २९ भाद्र २०७८, मंगलवार
विद्युतीय माध्यमबाट गर्ने भुक्तानी कारोबारको सीमा बढ्यो, ग्राहक सेवा शुल्कमा समेत वृद्धि

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गर्ने भुक्तानी कारोबारको सीमा बढाएको छ। भुक्तानी प्रदायक संस्थाहरुलाई मंगलबार एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा बढाएको हो।

अब बैंक खाताबाट वालेटमा गरिने प्रति कारोबार ५० हजार र प्रति महिना १० लाख रुपैयाँ कारोबार गर्न पाइने ब्यवस्था गरेको हो। यसअघि यस्तो कारोबार रकम प्रति कारोबार २५ हजार प्रति महिना ५ लाख रुपैयाँ सीमा तोकिएको थियो। यस्तै, वालेट मार्फत बैंक खातामा गरिने कारोबार रकमको सीमा बढाएर ५० हजार रुपैयाँ पुर्याएको छ।

यस्तै, बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोबाइल बैंकिङमार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरुले लिने सेवा शुल्क पनि बढाएको छ।

निर्देशनमा ५० हजार रुपैयाँसम्म कारोबार गर्नेले १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म कारोबार गर्नेले २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी कारोबार गर्नेले ३० रुपैयाँ तिर्नुपर्ने भएको छ।

विद्युतीय कारोबारमा लिइने सेवा शुल्क सम्बन्धी विवरण प्रत्येक ६/६ महिनामा नियमित रूपमा वा शुल्क परिवर्तन भएको समयमा संस्थाको वेबसाइटमा प्रष्ट देखिने गरी सार्वजनिक गर्नुपर्नेछ।

त्यसैगरि वालेटबाट वालेट बाहकको बैंक खातामा रकम ट्रान्सफर गर्दा कुनै शुल्क लिन पाईनेछैन्।

निर्देशनअनुसार भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटबाट मोबाइल रिचार्ज, इन्टरनेट,केबुल टेलिभिजन महशुल र आधारभुत टेलिफोन सेवा लगायतको बिल बमोजिमको महशुल रकम भुक्तानी गर्न सकिनेछ।

तर संस्थाले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर र सेवा शुल्क सम्बन्धमा पूर्व जानकारी गराएर मात्र सेवाग्राहीसँग सेवा शुल्क लिन सक्ने निर्देशनमा उल्लेख छ।

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार