लिथियम आयोन ब्याट्री निर्माणका लागि लुकास टीभीएसद्वारा २४एम सँग साझेदारी

  • Technology Khabar | २८ भाद्र २०७८, सोमबार
लिथियम आयोन ब्याट्री निर्माणका लागि लुकास टीभीएसद्वारा २४एम सँग साझेदारी

काठमाडौं ।

भारतीय अटोमोटिभ विद्युतीय पार्टपुर्जा निर्माता कम्पनी लुकास टीभीएसले अमेरिकाको २४एम टेक्नोलोजिजसँग साझेदारी गरेको छ।

कम्पनीले यो साझेदारीपछि आफ्ना लिथियम आयोन ब्याट्रीहरुमा २४एम को सेमिसलिड प्रविधि प्रयोग गर्न लाइसेन्स पाउनेछ।

दुई कम्पनीबीचको समझदारीपछि अब लुकास टीभीएसले भारतका विभिन्न ठाउँमा लिथियम आयोन ब्याट्रीका फ्याक्ट्री स्थापना गर्ने भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्स तथा बिजनेस स्ट्यान्डर्डले उल्लेख गरेका छन्।

यस्तो पहिलो फ्याक्ट्री चेन्नइ आसपास बनाएर आगामी सन् २०२३ को उत्तरार्द्धबाट प्रिज्म्याटिक तथा पाउच लिथियम आयोन ब्याट्री उत्पादन गर्ने कम्पनीको योजना रहेको छ।

वार्षिक १० गिगा वाटआवरको माग धान्नका लागि उक्त फ्याक्ट्रीको उत्पादन क्षमता दुई चरणमा से६ गरिने बुझिएको छ।

परम्परागत प्रविधिको तुलनामा सेमिसलिड प्रविधिबाट लिथियम आयोन ब्याट्री निर्माण गर्दा सामान्य प्रक्रियाबाट बन्ने र उर्जाको घनत्व बढाउन साथै कच्चा पदार्थको लागत घटाउन बाक्ला इलेक्ट्रोडहरु उत्पादन गर्न सघाउ पुर्याउने बुझिएको छ।

२४एमले हालसम्म यो प्रविधिसम्बन्धी करिब ८० ओटा पेटेन्ट पाएको १०० ओटाको हाराहारीमा पेटेन्टका लागि आवेदन दिएको छ।

यसबाहेक कम्पनीले आफ्नो ब्याट्री सुरक्षा तथा विश्वसनीयता बढाउने हिसाबले डिजाइन गरेको दावी गर्दै आएको छ।

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार