चिपसेटको अभावले जियोको नयाँ स्मार्टफोन आउन ढिलाई हुने

  • Technology Khabar | २७ भाद्र २०७८, आईतवार
चिपसेटको अभावले जियोको नयाँ स्मार्टफोन आउन ढिलाई हुने

काठमाडौं ।

भारतीय मोबाइल अपरेटर रिलायन्स जियोले ल्याउने भनेको रिलायन्स जियो नेक्स्ट स्मार्टफोनको प्रक्षेपण ढिलो हुनुको कारणमा चिपसेटको अभावलाई प्रमुख मानिएको छ । कम्पनी हाल सेमिकण्डक्टरको आपूर्ति ब्यबस्थापनमा व्यस्त रहेको बताईएको छ।

अर्कोतर्फ, विशेषज्ञहरुले फोनमा प्रयोग गरिने सेमिकण्डक्टर(अर्धचालक) को बजारमा अभाव रहेको बताएका छन्। तिनीहरूको मूल्य पनि बढ्दै छ, जसको कारण कम्पनीलाई कम मूल्यमा फोन बेच्नका लागी एक चुनौती हुनेछ।

फोनको ढिलो प्रक्षेपणको कारणले यसको परीक्षण एक राम्रो तरीकाले गरिने जियोले बताएको छ। साथै, सुविधा र फोनको प्राविधिक कमजोरीहरुलाई हटाउन सकिने जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

यदि हामी मूल्यको हिसाबले सेमिकण्डक्टर अभावको प्रभाव बारे कुरा गर्दा जियो फोनको न्यून मूल्य धेरै प्रभावित हुने आशंका गरिएकोछ। किनकी फोनमा प्रयोग गरिने सेमिकण्डक्टरको मूल्य २० प्रतिशतले बढेको छ।

एकैसाथ, सेमिकण्डक्टरको उपलब्धतामा हुने कमी ८ देखि २० हप्तासम्म रहने बताईएको छ। जियो हाल आपूर्तिको ब्यवस्थापनमा व्यस्त छ। यदि फोन भारतीय बजारमा लन्च भएको खण्डमा पनि यो अर्को बर्षसम्म सीमित स्टकमा मात्र उपलब्ध हुनेछ।

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार