
काठमाडौं ।
इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नजिकिएको दशैं र तिहारलाई लक्षित गर्दै ‘यो उत्सवमा घरलाई बनाऔं सीजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको छ।
उक्त योजना अन्तर्गत सीजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरु प्राप्त गर्न सकिनेछ । ५५ हजारसम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सिजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिनेछ।
योजना अन्तर्गत सीजीका कुनैपनि एलइडि टिभी, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, सोकेश, कुलर र भ्याकुम को खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु समेत प्रदान गर्नेछ।
त्यस्तै सीजीको माईक्रोवेभ ओभनको खरिदमा २८ सय बराबरको कुकिङ किट तथा क्यास ब्याक, एसीको खरिदमा ४ हजार बराबरको निःशुल्क जडान तथा क्यासब्याक र सीजी डिसवासरको खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यासब्याक प्राप्त गर्न सकिनेछ।
सिजीका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सीजीऐसऐच टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं. लेखि ३१००१ मा पठाउन पर्नेछ।
कम्पनीको अनुसार यो योजना भदौ २५ देखि सिमित अवधिका लागि नेपालभर लागू गरिएको छ।
प्रकाशित: २७ भाद्र २०७८, आईतवार