
काठमाडौं ।
अर्बपति रिचर्ड ब्रान्सनको अन्तरिक्ष कम्पनी भर्जिन ग्यालेक्टिकले आफ्नो पहिलो व्यावसायिक अनुसन्धान अन्तरिक्ष उडान आगामी अक्टोबर मध्यसम्मका लागि स्थगित गरेको छ।
रोयटर्सका अनुसार यूनिटी २३ नाम गरेको उक्त अन्तरिक्ष उडान शुरुमा सेप्टेम्बरको अन्तिम साता वा अक्टोबरको शुरुका लागि तय भएको भए पनि अहिले कम्पनीने अक्टोबरको मध्यसम्मका लागि स्थगित गरिएको आधिकारिक जानकारी दिएको हो।
एक आपूर्तिकर्ताले उक्त यानको फ्लाइट कन्ट्रोल एक्चुएशन सिस्टमको निर्माणमा केही गडबडीको संकेत दिएका कारण यो उडान स्थगति हुन लागेको रोयटर्सले उल्लेख गरेको छ।
हालसम्म यो समस्या साँच्चै छ या यसमा मर्मत आवश्यक छ वा छैन भन्ने पक्का भएको छैन। भर्जिनले यो उडान सावधानीका लागि स्थगित गरिएको जनाएको छ।
उक्त मिशनमा तीन जना इटालियन एयर फोर्सका सदस्यहरु रहनेछन् जसले सामान्य पृथ्वीको गुरुत्वाकर्षणबाट सूक्ष्मगुरुत्वमा जाँदा मानिस तथा पर्यावरणमा के कस्तो असर वा परिवर्तन देखा पर्छन् भनेर अध्ययन गर्नेछन्।
तर यो उडान एफएएको ‘उडान रेखाबाट विचलन’ सम्बन्धी अनुसन्धानसँग सम्बद्ध नभएको पनि जनाएको छ। तर यो उडान सम्पन्न हुन एफएएले भर्जिनमाथि लगाएको प्रतिबन्ध फुकुवा भने हुनु पर्छ।
प्रकाशित: २७ भाद्र २०७८, आईतवार