टीसीएलले यो वर्ष फोल्डेबल स्मार्टफोन नल्याउने

  • Technology Khabar | २७ भाद्र २०७८, आईतवार
टीसीएलले यो वर्ष फोल्डेबल स्मार्टफोन नल्याउने

काठमाडौं ।

चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी टीसीएलले यो वर्ष फोल्डेबल स्मार्टफोन नल्याउने भएको छ।

कम्पनीले हालै एक ईमेलमार्फत् यो जानकारी द भर्जसमक्ष प्रस्ट पारेको हो। कम्पनीले ल्याउँदै गरेको भनिएको प्रोजेक्ट शिकागो नाम दिइएको क्लामशेलको निर्माणकार्य आधाआधीमा पुग्दा यसलाई स्थगित गरिएको हो।

कम्पनीका अनुसार आपूर्ति श्रृङ्खलामा समस्या र उत्पादन लागत बढेकाले यसो गरिएको हो।

‘फोल्डेबल फोनको बजार बर्सेनि बढ्दै गए पनि यो प्रिमियम क्याटेगरीमा पर्छ। हालैका पार्टपुर्जाको अभाव तथा कोरोना महामारीका कारण यसको उत्पादन लागत बढेको छ’, कम्पनीका मुख्य बजार अधिकृत स्टेफन स्ट्रेटले द भर्जसँग भने।

सबै ग्राहकको मागलाई सम्बोधन गर्न सकिने परिमाणमा उत्पादन नहुन्जेल यसलाई स्थगित गर्ने निर्णय गर्न कम्पनीलाई निकै असहज भएको पनि उनले बताए।

कम्पनीले यसै वर्षको सीईएसमा फोल्डेबल फोन तथा रोलेबल स्क्रीन डिजाइनको प्रोटोटाइप सार्वजनिक गरेको थियो। गत अप्रिलमा कम्पनीले ६.८७ बाट ८.८५ र १० इन्चसम्म फैलन सक्ने फोल्ड एल रोल डिभाइस प्रदर्शन गरेको थियो।

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार