
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले फाइभजीमा अमेरिकी प्रतिबन्ध कायमै रहेकाले फोरजी चिपमा अझ बढी केन्द्रित हुने बुझिएको छ।
ह्वावेले अमेरिकी प्रतिबन्धपछि आफ्ना डिभाइसहरुमा गुगल सर्भिस प्रयोग गर्न पाएको छैन। उसका प्रतिस्पर्धीहरुले भने यो सेवा प्रयोग गरेर फाइदा लिन पाएकाले ह्वावेको स्तर खस्किएको थियो।
अन्य कम्पनीजस्तै ह्वावेले पनि विश्वव्यापी चिप अभावको असर भोग्नु परिरहेकाले तत्कालका लागि फाइभजीलाई पन्छाएर अझ बढी फोरजी चिपमा केन्द्रित हुने बुझिएको छ।
अमेरिकी प्रतिबन्धपछि क्वालकमले ह्वावेका लागि फाइभजी मोडमरहित स्न्यापड्रागन ८८८ चिपसेट आपूर्ति गरेको थियो। हाल डिजिटल च्याट स्टेशनले बाहिर ल्याएको एक तथ्य अनुसार ह्वावेले क्वालकमसँग ठूलो परिमाणमा स्न्यापड्रागन ७७८जी चिपसेट खरिद गर्ने भएको छ।
प्रकाशित: २४ भाद्र २०७८, बिहीबार