मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीलाई सहुलियत कर्जा दिने

  • Technology Khabar | २२ भाद्र २०७८, मंगलवार
मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीलाई सहुलियत कर्जा दिने

काठमाडौं ।

मेगा बैंक नेपालले लघु तथा साना उद्यमीहरुलाई प्रबर्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनीसँग सम्झौता गरेको छ।

काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहकाबीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे।

यस सम्झौता अनुसार, नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय संचालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ। कर्जाका लागि नेको इनर्जी सोलुसनले मेगा बैंकलाई सिफारिस गर्ने सम्झौता भएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकका देशभरका शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएकाले आफूलाई पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरिन्।

विपन्न वर्गका ग्राहकहरुलाई वित्तीय साक्षरताका साथै बैंकिङ्ग सेवामा आधुनिकीकरण गर्दै नगदरहित कारोबारमा समेत संलग्न गराउने उद्देश्यका साथ मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीहरुलाई ‘क्यूआर कोड पेमेन्ट सिस्टम’ मार्फत बैंकिङ्ग कारोबारमा पनि वृद्धि गराउने नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिइन्।

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Artemis II astronauts bound for moon after rocketing away on NASA’s first lunar voyage in decades

  • Technology Khabar
  • २२ भाद्र २०७८, मंगलवार