रेनोको नयाँ इलेक्ट्रिक भेहिकलमा क्वालकमको चिप प्रयोग गरिने

  • Technology Khabar | २२ भाद्र २०७८, मंगलवार
रेनोको नयाँ इलेक्ट्रिक भेहिकलमा क्वालकमको चिप प्रयोग गरिने

काठमाडौं ।

क्वालकम इंकले रेनो एसएको नयाँ इलेक्ट्रिक भेहिकलमा डिजिटल ड्यासबोर्डको लागी एक महत्वपूर्ण कम्प्युटिङ्ग चिप आपूर्ति गर्ने बताएको छ।

सान डिएगो, क्यालिफोर्निया स्थित क्वालकम, मोबाइल फोनमा प्रमुख सेमिकण्डक्टरको बजारमा विश्वको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। यसले पछिल्ला दिनहरुमा मोबाइलसहित ड्यासबोर्ड र इन्फोटेनमेन्ट सिस्टम शक्ति दिन सक्ने चिप्सका साथ गाडीहरुमा आफ्नो क्षमता र चिपहरु बिस्तार गरीरहेको छ।

कम्पनीले यस बर्षको सुरुमा जनरल मोटर्ससँग क्वालकम चिप्सको उपयोग गर्नको लागी एक सम्झौताको घोषणा गरेको थियो ।

क्वालकमले सोमबार भनेअनुसार रेनोको मेगेन ई-टेक इलेक्ट्रिक(Mégane E-TECH Electric) मा सवारी साधनको इन्फोटेनमेन्ट प्रणालीलाई शक्ति प्रदान गर्नका लागि यसको चिप्स प्रयोग गर्नेछ। सो गाडीमा इन्फोटेनमेन्ट प्रणाली संचालनका लागि एन्ड्रोइड फोन बजारमा क्वालकमको लामो समयदेखिको साझेदार अल्फाबेट इंकअन्तरगतको गुगलको सफ्टवेयर प्रयोग हुँदै आएको बताईएको छ।

मेगेन ई-टेक इलेक्ट्रिक, जुन यस महिना जर्मनीको म्यूनिखमा आईएए मोबिलिटी २०२१ मोटर भेहिकल व्यापार शोमा अनावरण हुने अपेक्षा गरिएको छ र अर्को बर्ष बजारमा बिक्रीमा जानेछ। रोयटर्स

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार