
काठमाडौं ।
बर्दिबासस्थित यातायात कार्यालयले क्यूआर कोडसहितको छुट्टै चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको छ । स्मार्ट लाइसेन्स छपाइ ढिलो भएका कारण रसिद लिएर हिँड्ने बाध्यता अन्त्य गर्न यस्तो कार्य सुरु गरिएको हो ।
कार्यालयले सवारी साधनको ट्रायल पास गरेकै दिन परीक्षण कालसम्मका लागि छुट्टै क्यूआर कोडसहितको सवारीचालक अनुमति पत्र जारी गरेको हो ।
कार्यालयका प्रमुख पोषण थापाले एक वर्षसम्म परीक्षणकालका रूपमा रहने भएकाले चालकलाई क्यूआर कोडसहितको छुट्टै लाइसेन्स वितरण थालिएको जानकारी दिए ।
ट्रायल पास भएपछि सो कार्ड वितरण गर्ने र परीक्षणकाल सकिएपछि स्मार्ट कार्ड वितरण गर्ने योजना रहेको बताउँदै उनले यसले ट्राफिकलाई पनि क्यूआरको स्क्यान गरेपछि लाइसेन्स सक्कली वा नक्कली छुट्याउन सहज हुने बताए । गोरखापत्र
प्रकाशित: २१ भाद्र २०७८, सोमबार