
काठमाडौं ।
छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिने भएको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा वरिष्ठ मुटुरोग बिशेषज्ञ डा .भगवान कोइरालाले चिकित्सालयमा उक्त एक्सरे मेसिनको उद्घाटन गरे।
डा. कोइरालाले नयाँ डिजिटल प्रणालीले स्वास्थ्य उपचारमा थप सहज र ब्यबस्थित हुने बताए। चिकित्सकले पनि सो मेसिनको प्रयोगले आफूले त्रुटी गरे नगरेको अध्यन गर्न पाउने बताए । उनले समुदायसँग जोडिएको यस्ता किसिमको चिकित्सालय उदाहरणीय भएको बताए।
चिकित्सालयका अध्यक्ष डा मनोजमान श्रेष्ठले अन्य ठूला अस्पतालले हालै प्रयोग गर्न थालेको सो मेसिन आफ्नो चिकित्सालयले पनि प्रयोग गर्न सक्षम भएकोमा खुशी ब्यक्त गरे।
उनले दैनिक एक सय सिलिन्डर क्षमतको अक्सिजन प्लान्ट समेत छिटै निर्माण हुन् लागिएकोमा बताए । यसै गरी काठमाडौँ महानगर पालिकाको दुई करोड ५० लाख सहयोमा चिकित्सालयको नयाँभवन बन्ने जानकारी दिए । गोरखापत्र
प्रकाशित: २० भाद्र २०७८, आईतवार