होन्डाइको आयोनिक ५ ईभीको अपग्रेडेड भर्सन अब नयाँ रोबोट्याक्सीको रुपमा आउने

  • Technology Khabar | १६ भाद्र २०७८, बुधबार
होन्डाइको आयोनिक ५ ईभीको अपग्रेडेड भर्सन अब नयाँ रोबोट्याक्सीको रुपमा आउने

काठमाडौं ।

अटोनोमीमा केन्द्रित ज्वाइन्ट भेन्चर संस्था होन्डाइ र एप्टिभले नयाँ रोबोट्याक्सी ल्याउने भएका छन्।

कम्पनीले हालै जनाए अनुसार यो पहिलो व्यावायिक रोबोट्याक्सी आयोनिक ५ ईभीमा आधारित हुने र यसमा क्यामरा, लाइडार प्रविधिलगायतका स्वचालित हार्डवयर कम्पोनेन्टहरु थपिनेछन्।

यसबाहेक यसमा यात्रुलाई यात्राका क्रममा अझ अर्को स्टपमा रोक्नेलयगायतका केही विकल्प प्रदान गर्नका लागि इन-क्याबिन इन्टरफेस पनि थप हुनेछ।

मोशनलले यदि यो गाडीले कुनै अवस्थामा के गर्ने भन्ने निर्क्योल गर्न सकेन भने तत्काल समाधानका लागि रिमोट कन्ट्रोलको सुविधा पनि राख्न सक्ने बुझिएको छ। यो आफैंमा लेभल ४ सेल्फ ड्राइभिङयुक्त कार भएकाले सबै अवस्थामा पूर्ण रुपमा स्वचालित हिसाबले काम गर्न सक्दैन।

चालकरहित आयोनिक ५ ले सन् २०२३ मा मोशनल र लिफ्टको साझेदारीमा सेवा शुरुवात गर्नेछ।

मोशनलले एप्टिभले यसअघि प्रयोग गरेका बीएमडब्लू लगायतको साटो आयोनिक ५ लाई रोबोट्याक्सीका रुपमा प्रयोगमा ल्याउनुमा यसको स्पेस र ४८० किमीको माइलेजका कारण रहेको बुझिएको छ।

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार