नासाको हबल टेलिस्कोपको स्टार वार्सको लेजर तरबार ‘लाइटसेबर’ जस्तै वस्तुसँग साक्षात्कार

  • Technology Khabar | १६ भाद्र २०७८, बुधबार
नासाको हबल टेलिस्कोपको स्टार वार्सको लेजर तरबार ‘लाइटसेबर’ जस्तै वस्तुसँग साक्षात्कार

काठमाडौं ।

हालै रिलिज गरिएको हबल स्पेस टेलिस्कोपको ताराहरुका बीचमा रहेको अध्यारो अन्तरिक्षमा तरबारजस्तै आकारको ग्यासको चम्किलो मुस्लोसँग साक्षात्कार भएको छ।

यो चम्किलो मुस्लो स्टार वार्समा प्रयोग भएको लेजर किरणयुक्त तरवारजस्तै हतियार ‘स्पेशसेबर’ जस्तै देखिएको सीनेट डटकममा उल्लेख छ।

यो पदार्थ ओरियन अर्थात् मृगशिराको तारामण्डल क्षेत्रमा देखिएको बताइएको छ। झट्ट हेर्दा यो नीलो रंगको लाइटसेबर जस्तै देखिने बताइएको छ।

हर्बिग ह्यारो अब्जेक्टको उद्गमको कथा अनाैठो छ। ‘भर्खर बनेका ताराहरु निकै सक्रिय हुन्छन्, केही घटनामा त यिनीहरुले साँघुरो लहरमा गतिशील आयोनयुक्त ग्यास फ्याँक्ने गर्छन्। यो ग्यासका अणुहरुले अत्यधिक तापक्रमका कारण आफ्नो इलेक्ट्रोन गुमाइसकेका हुने भएकाले ग्यासलाई उच्च रुपमा चार्ज गरिरहेका हुन्छन्’, यूरोपियन स्पेस एजेन्सीले लेखेको छ।

एजेन्सीका अनुसार आयोनयुक्त ग्यासको मुस्लो नयाँ ताराका नजिक रहेका ग्यास र धुलोयुक्त बादलसँग १०० किमी प्रतिसेकेन्डका दरले ठक्कर खान्छन्।

हर्बिग ह्यारो अब्जेक्ट अन्तरिक्षमा कस्तो देखिन्छ भन्ने सबैभन्दा पहिले नासाले पत्ता लगाएङ्को थियो। सन् २०१५ मा नासाले हबल टेलिस्कोपमार्फत् प्राप्त हर्बिग ह्यारो जेट एचएच२४ को तस्बिर सार्वजनिक गरेको थियो।

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार