टेस्लाले पार्टपुर्जा आपूर्तिका लागि तीन भारतीय कम्पनीहरुसँग छलफल गर्दै

  • Technology Khabar | १३ भाद्र २०७८, आईतवार
टेस्लाले पार्टपुर्जा आपूर्तिका लागि तीन भारतीय कम्पनीहरुसँग छलफल गर्दै

काठमाडौं ।

टेस्ला इंकले भारतका तीन कम्पनीसँग विद्युतीय सवारीका पार्टपुर्जा आपूर्तिका लागि छलफल गरिरहेको बुझिएको छ।

इकोनोमिक टाइम्समा आएको समाचारलाई उद्धृत गर्दै ब्लूमबर्गले लेखेको छ।

कम्पनीले हाल महत्वपूर्ण इलेक्ट्रिकल, इलेक्ट्रोनिक तथा मेकानिकल पार्टपुर्जा आपूर्रतिका लागि साझेदार खोजिरहेको उक्त विषयसँग जानकार व्यक्तिहरुलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ।

पार्टपुर्जामा इन्स्ट्रुमेन्ट प्यानल, विन्डशिल्ड, डिफरेन्सियल ब्रेक, गियर तथा पावर सिट आदि रहेको रिपोर्टमा उल्लेख छ।

सोना कमस्टार लिमिटेड, सान्धार टेक्नोलोजिज लिमिटेड तथा भारत फोर्ज लिमिटेडले यसअघि नै टेस्लालाई पार्ट पुर्जा आपूर्ति गरिरहेका इकोनोमिक टाइम्सले लेखेको छ।

हालको छलफलका बारेमा टेस्लाले भने केही धारणा व्यक्त गरेको छैन।

भारतमा टेस्लाले कार उत्पादन गर्ने लगभग पक्का भए पनि कम्पनीले आयातित गाडीहरु बेच्नुपर्ने गत जुलाइमा कम्पनीका सीईओ मस्कले बताएका थिए।

‍टेस्लाले हाल भारतमा विद्युतीय गाडी आयातमा लाग्दै आएको कर घटाउन आग्रह गरिरहेको र केही समयअघि भारत सरकार केही प्रतिशत कर घटाउन माैखिक रुपमा राजी पनि भएको थियो।

प्रकाशित: १३ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार