किताब जस्तै पल्टाउन मिल्ने माइक्रोसफ्टको नयाँ सर्फेस डुओ २: ट्याब पनि, फोन पनि

  • Technology Khabar | १३ भाद्र २०७८, आईतवार
किताब जस्तै पल्टाउन मिल्ने माइक्रोसफ्टको नयाँ सर्फेस डुओ २: ट्याब पनि, फोन पनि

काठमाडौं ।

माइक्रोसफ्टको सर्फेस डुओ २ स्मार्टफोन आगामी अक्टोबरमा सार्वजनिक हुँदैछ।

यसै महिना सामसङले फोल्डेबल स्मार्टफोन सार्वजनिक गरिसकेको भए पनि माइक्रोसफ्टले ल्याउँदै गरेको सर्फेस डुओ २ फोल्डेबल फोनको विशेषता केही फरक छ।

यो अघिल्लो वर्ष सार्वजनिक भएको माइक्रोसफ्ट सर्फेस डुओ स्मार्टफोनजस्तै हुने र यसको मूल्य पनि उस्तै अर्थात् १३९९ डलर हाराहारी हुने बुझिएको छ।

डुअल स्क्रीन स्मार्टफोन

माइक्रोसफ्टको सर्फेस डुओ २ डुअल स्क्रीन स्मार्टफोन हो भने यो एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित भएर काम गर्छ।यो डिभाइसले ट्याब्लेट र मोबाइल दुवैको काम गर्छ। यो डिभाइसको साइडमा पनि स्क्रीन रहेको छ। कुनै सामान्य फोनजस्तै यसलाई कलिङका लागि प्रयोग गर्न सकिन्छ।

दुवै स्क्रीनमा एकैपटक दुई ओटा काम गर्न मिल्ने

माइक्रोसाफ्ट सर्फेस डुओ २ एक माइक्रोसफ्ट र गुगलको साझेदारीमा बनिरहेको एउटा एन्ड्रोइड डिभाइस हो। यसमा सबैखाले एन्ड्रोइड एप उपलब्ध हुनेछ। तर अहिलेसम्म यसको स्क्रीनले तेस्रो पक्षको एप सपोर्ट गर्ने/नगर्ने यकिन भएको छैन।

यसको सबैभन्दा विशेष फिचर भनेको कुनै पनि एपलाई ड्र्याग गरेर एउटाबाट अर्को स्क्रीनमा सार्न सकिन्छ। यसबाहेक फोनको दुवै स्क्रीनमा एकैपटकक फरक फरक काम पनि गर्न सकिन्छ।

स्पेसिफिकेशन

यसमा फाइभजी सपोर्ट गर्ने क्वालकमको स्न्यापड्रागन ८८८ चिपसेटका साथै ८ जीबी र्याम उपलब्ध छ। एन्ड्रोइड ११ अपरेटिङ सिस्टम भएको यो डिभाइसमा ट्रिपल क्यामरा सेट अफ दिइने बताइएको छ।

साथै यसको दायाँपट्टि एउटा यूएसबी टाइप-सी पोर्ट रहने आकलन गरिएको छ। यो कालो र सेतो रंगमा उपलब्ध हुनेछ।

प्रकाशित: १३ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार