ट्विटरद्धारा सशुल्क स्पेसेज आयोजना गर्ने फिचर आईओएसमा उपलब्ध

  • Technology Khabar | १२ भाद्र २०७८, शनिबार
ट्विटरद्धारा सशुल्क स्पेसेज आयोजना गर्ने फिचर आईओएसमा उपलब्ध

काठमाडौं ।

ट्विटरले यस बर्षको शुरुमा क्रिएटरहरुका लागी सामाजिक सञ्जालमा आफ्नो सामग्री मुद्रीकरण गर्न केहि नयाँ तरिकाहरुको घोषणा गरेको थियो, जसमा सशुल्क स्पेस वा “टिकेटेड स्पेसेज”समेत समावेश छ।

प्रयोगकर्ताहरुले यी नयाँ सुविधाहरुको लागी आवेदन दिईसकेपछि, टिकेटेड स्पेस अब केहि आईफोन प्रयोगकर्ताहरुलाई रोल आउट गरीएको छ। यो फिचर हाल आईओएसमा मात्र उपलब्ध रहेपनि छिटै अन्यलाई समेत उपलब्ध गराउने कम्पनीले बताएको छ ।

ट्विटर स्पेस सामाजिक सञ्जालको प्रत्यक्ष अडियो प्लेटफर्म हो जुन २०२१ मा क्लबहाउससंग प्रतिस्पर्धा गर्न ल्याईएको थियो। अहिले, कुनैपनि प्रयोगकर्ताहरुले स्पेसेज सिर्जना गर्न र ट्विटरमा हुने कुनैपनि स्पेसेजमा सामेल हुन सक्छन्, तर त्यो अब टिकटिङ्ग स्पेसेजको रुपमा परिवर्तन हुँदैछ।

टिकेटेड स्पेसेज फिचरले होस्ट प्रयोगकर्ताहरुलाई ट्विटरबाट पैसा कमाउन  र आयोजना गरिएको स्पेसेजमा सहभागी हुन चाहने प्रयोगकर्ताहरुलाई शुल्क लगाउन सक्षम हुनेछन्। एउटा टिकटको मूल्य पनि होस्टद्वारा सेट गर्न सकिन्छ – र यो न्यूनतम १ अमेरिकी डलरदेखि अधिकतम ९९९ अमेरिकी डलरको बीचमा हुन सक्छ।

ट्विटर भनेअनुसार सिर्जनाकर्ताहरुले ९७ प्रतिशत रकम (एप्पल र गुगलद्वारा इन-एप खरिदको लागी शुल्क बाहेक) राख्नेछन्, जसको अर्थ  बेचेको प्रत्येक टिकटको कम्पनीले ३ प्रतिशत सेवा शुल्क काट्नेछ।

यसका साथै ट्विटरले यस बर्ष “सुपर फलो” को घोषणा पनि गरेको छ, जुन अर्को सशुल्क सेवा हो जसले प्रयोगकर्ताहरुलाई ट्विटर खाताहरुबाट एक्सक्लुसिभ सामग्रीमा पहुँच प्रदान गर्दछ।

टिकटसहितको स्पेस होस्ट गर्न चाहने प्रयोगकर्ताहरुसँग कम्तीमा १,००० फलोअर्स हुनुपर्छ र पछिल्लो ३० दिनहरुमा कम्तीमा तीन स्पेस होस्ट गर्नु पर्छ। जो १७ वर्ष वा सो भन्दा कम उमेरका छन् उनीहरुले स्पेसको लागी शुल्क लिन सक्दैनन्। एजेन्सी

प्रकाशित: १२ भाद्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार