टिकटकले अब पाँच मिनेट लामो भिडियो शेयर गर्न सकिने सुबिधा ल्याउँदै, हाल परीक्षणको क्रममा

  • Technology Khabar | १२ भाद्र २०७८, शनिबार
टिकटकले अब पाँच मिनेट लामो भिडियो शेयर गर्न सकिने सुबिधा ल्याउँदै, हाल परीक्षणको क्रममा

काठमाडौं ।

छोटो भिडियो शेयर गर्ने सामाजिक सञ्जाल टिकटकका प्रयोगकर्ताहरुले  अपलोड गर्न सक्ने भिडियोको सीमा विस्तार गर्नको लागी काम गरीरहेको छ।

गत वर्ष अर्को विस्तार पछि, कम्पनी अब प्रयोगकर्ताहरुको एक सानो समूहसंग ५ मिनेट लामो भिडियो अपलोड सीमाको परीक्षण गरीरहेको ९टू५म्याकले उल्लेख गरेको छ।

हाल टिकटक प्रयोगकर्ताहरुले तीन मिनेट लामो भिडियो प्लेटफर्ममा साझा गर्न सक्छन्, जुन सीमा गत डिसेम्बर २०२० मा सामाजिक सञ्जालद्वारा सेट गरीएको थियो।

अब त्यो सीमा एक पटक फेरि लम्ब्याईने भएको छ र यस पटक पाँच मिनेट लामो भिडियोको सपोर्ट गर्नका लागि हुनेछ।

यो खबर सामाजिक सञ्जाल सल्लाहकार म्याट नाभाराद्धारा ट्विटरमा नयाँ अपलोड सीमाको एक स्क्रीनशटसहित जानकारी दिईएको हो ।

स्क्रिनसटमा देखिए जस्तै, टिकटकले बिस्तारै केहि प्रयोगकर्ताहरुलाई लामो भिडियो अपलोड सीमा उपलब्ध गराउँदै गरेको देखिन्छ। नयाँ सीमाको प्रयासका लागी छनौट गरीएका प्रयोगकर्ताहरुलाई प्लेटफर्ममा अब पाँच मिनेट सम्मको भिडियो अपलोड स्वीकार गर्दछ भन्ने पुष्टि गर्ने नोटिफिकेसन प्राप्त हुनेछ।

तर यसको लागि टिकटक एपको सबैभन्दा नयाँ संस्करण अपडेट गरेको हुनुपर्नेछ । यस बाहेक कम्पनीले १० मिनेट लामो भिडियोको लागि समेत परीक्षण गरिरहेको बताईएको छ । एजेन्सी

प्रकाशित: १२ भाद्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...