टिम कूकले पाए ७५ करोड डलर बराबरको एप्पलको ५० लाख शेयर

  • Technology Khabar | १२ भाद्र २०७८, शनिबार
टिम कूकले पाए ७५ करोड डलर बराबरको एप्पलको ५० लाख शेयर

काठमाडौं ।

एप्पलका सीईओ टिम कूकले यो हप्ता एप्पल स्टकको ५० लाख शेयर हात पारेका छन्। एप्पलले बिहीबार एसईसी फाइलिङमा पोस्ट गरे अनुसार उक्त परिमाणको शेयरको मूल्य ७५ करोड डलर बराबर रहेको छ।

यो परिमाणको शेयर टीम कूकले १० वर्षअघि सीईओका रुपमा एप्पलको कार्यभार सम्हालेपछाडि उनले पाउनुपर्ने क्षतिपूर्ति प्याकेजको अन्तिम किस्ता हो।

गत वर्ष उनले सन् २०२६ सम्म निरन्तरता पाउने गरी नयाँ क्षतिपूर्ति प्याकेज पाएका थिए। उनका अधिकांश क्षतिपूर्ति प्रतिबन्धित स्टकका रुपमा रहेका छन्।

कूकले हाल पाएको यो विशाल स्टक रकम सन् २०११ मा गरिएको सम्झेता अनुसारको योग्यताका हिसाबले हो। यसको निर्क्योल भने एप्पलको स्टकले अन्य कम्पनीको तुलनामा कस्तो प्रदर्शन गर्छ भन्ने आधारमा गरिएको हो।

एप्पल आफ्ना समकक्षीहरुको तुलनामा उत्कृष्ट तीन कम्पनीमा परेको थियो भने शेयरधनीहरुलाई पछिल्लो ३ महिनामा ११९.८३ प्रतिशत रकम प्रदान गर्न सक्षम भएको थियो। एप्पल ४४२ कम्पनीमध्ये १३ ‌औँ स्थानमा पर्न सफल भएको थियो।

कूकले २०११ मा जिम्मेवारी सम्हालेयता एप्पलको शेयर मूल्य १२०० प्रतिशतले उकालो लागेको छ।

यसै हप्ता कूकले एप्पल शेयरमध्ये १ करवड डलर बराबरको रकम एउटा नाम नखुलेको कल्याणकारी संस्थालाई दान दिएका थिए।

प्रकाशित: १२ भाद्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार