आसियान लुमिनरीहरुद्वारा समावेशी डिजिटल व्यापार इकोसिस्टमको लागि आह्वान

  • Technology Khabar | ११ भाद्र २०७८, शुक्रबार
आसियान लुमिनरीहरुद्वारा समावेशी डिजिटल व्यापार इकोसिस्टमको लागि आह्वान

काठमाडौं ।

निकेई समूह र आईसिईएएसव्दारा आयोजित – युसोफ इशाक इन्स्टिच्यूट, “ निकेई आईसिईएएस फोरम ले दक्षिण पूर्वी एशिया र आसियानमा व्यापारको डिजिटलाइजिंग (Nikkei-ISEAS Forum on Digitalizing Trade in South East Asia and ASEAN) बारे कोअर्डिनेटिंग मिनिस्ट्रि फर इकोनोमिक अफेर्स, इण्डोनेशिया, आर्थिक सहयोग र विकास संगठन, आईसिईएएस, हनी कन्सल्टिंग लिमिटेड र ह्वावेबाट लुमिनरीहरुलाई डिजिटल व्यापारको सम्भावना खोल्न एकै ठाउँ ल्याएको थियो । एक कनेक्टेड, समावेशी र बहुपक्षीय डिजिटल व्यापार इकोसिस्टमको आवश्यकता बारे छलफलमा जोड दिइएको थियो ।

कोभिड–१९ संकटले डिजिटल प्रविधिको प्रयोगलाई तीव्र बनाएको छ । आसियानले भविष्यवाणी गरेको छ कि डिजिटल अर्थव्यवस्था क्षेत्रीय जीडिपीमा एक ट्रिलियन अमेरिकी डलर योगदान गर्नेछ । थर्ड–पार्टिको डाटाले  एसईए जनसंख्याको १३२ % संग मोबाइल कनेक्सन भएको, ४६३ मिलियन मानिसहरु इन्टरनेट प्रयोगकर्ताहरु रहेको देखाउँदछ ।

त्यहाँ धेरै थरीको व्यापार सम्झौताले बिभिन्न क्षेत्रहरुलाई जोडेको छ । डिजिटल व्यापार इकोसिस्टमको निर्माणमा सहयोगको महत्व बारे फोरममा सहभागीहरुको तर्फबाट प्रतिध्वनि आएको थियो ।

निर्देशक र सीईओ, आईसिईएएस – युसोफ इशाक संस्थान चोई शिंग क्वोकले निकेई र ह्वावेलाई यो बैठकलाई सहयोग गरेकोले धन्यवाद दिदै भने, “डिजिटल व्यापार आसियानको व्यापारको एक आशाजनक ड्राइभर हो जुन कोभिड–१९ महामारीको समयमा अगाडि आयो र हामी आशा गर्दछौं कि यो महामारी पश्चात प्रबल हुनेछ । व्यापार लागत घटाएर र उत्पादकत्वमा वृद्धि गरेर डिजिटल प्रविधिहरु जस्तै इन्टरनेट अफ थिंग्स, आर्टिफिसियल इन्टेलिजेन्स र थ्रीडी प्रिन्टिंगले आसियान क्षेत्र सहित विकासशील देशहरुमा व्यापारको बृद्धि दर प्रति वर्ष २.५ प्रतिशत अंक वा २०२१ बाट २०३० सम्म मा २२.५ प्रतिशत  बढाउन सक्छ । ”

एक नीति निर्माताको रूपमा रिपक्लिक अफ इन्डोनेसियाको कोओर्डिनेटिंग मिनिस्ट्रि फर इकोनोमिक अफेर्सको डेपुटि मिनिस्टर, डिजिटल अर्थव्यवस्था, जनशक्ति र एसएमईहरु, डा. रुडी सलाहुद्दीनले डिजिटल अर्थव्यवस्थाको बढावामा डिजिटल व्यापारको महत्वपूर्ण भूमिकामाथि विशेष गरी फराकिलो आर्थिक रिकभरी महशुश गर्नमा प्रकाश पारे । उनले आसियानले आईसीटी पूर्वाधारको बाधा र आईसीटी अपनाउनमा आउने असमान दरको चुनौतिहरुको सामना गर्नुपर्ने उल्लेख गरे, जसमा ह्वावे लगायत आईसीटी साझेदारहरुले योगदान दिन सक्छन् ।

“डिजिटल व्यापारले क्षेत्रीय आर्थिक पुनरुत्थान र जलवायु संकटको सामना गर्ने जस्ता साझा लक्ष्यहरुलाई सहयोग गर्नको लागि सुनौलो अवसर प्रदान गर्दछ,“ क्रेग बुर्चेल, ग्लोबल ट्रेड अफेर्स, ह्वावेका वरिष्ठ उपाध्यक्षले भने । जसले सम्भावना खोल्नको लागि एसईए र आसियानको लाभको लागि डिजिटल व्यापारको सहयोगको समर्थन पनि गरे ।

उनले “विश्व व्यापार डिग्लोबलाइजेसनको लागत” मा इकोनोमिस्ट रिपोर्टमा डिकपलिङमा एक चेतावनी संकेतको रूपमा उल्लेख गरे र अधिक सहयोगको लागि “सबैको लागि टेक्नोलोजी” नीतिलाई आह्वान गरे जसले नयाँ व्यापार अवसर सबैको लागि सक्षम पार्नको लागि डिजिटल सेवाहरु जस्तै फाइभजी, क्लाउड र एआई लाई अप्टिमाईज गर्दछ ।

डिजिटल व्यापारको एक सार्थक उपायको विकास गर्नको लागि स्टाटिस्टिकल फ्रन्टको थप विकास आवश्यक छ, एनाबेल मोरोगेन, ओसिईडीमा व्यापार र उत्पादकता डिभिजनको प्रमुखले भने, “यसले प्रमाणमा आधारित विश्लेषणको समर्थन गर्नेछ र फर्महरुको लगानी छनौट र नीति निर्माणलाई सूचित गर्नेछ । सबै स्टेकहोल्डर, आईसीटी र टेक्नोलोजी प्रदायकहरु एक छिटो परिवर्तन गर्ने वातावरणमा प्रतिबिम्बित रुपमा अग्रिम संलग्न हुन आवश्यक छ। ह्वावेको डिजिटल ट्रेड ह्वाईट पेपर यस सन्दर्भमा बहसको लागि एक उपयोगी योगदान हो ।”

हनी कन्सल्टिंग लिमिटेडकी प्रिन्सिपल स्टेफनी हनीले उल्लेख गरिन् जब एसईए एक जीवन्त डिजिटल व्यापार समुदाय र उपभोक्ता बजारको आनन्द लिइरहँदा क्षेत्रभित्र र बाहिर व्यापार नियमहरुको बिभाजनले व्यापारहरुलाई डिजिटल अर्थव्यवस्थाको पूर्ण क्षमतालाई महसुस गर्न नसकेको अर्थ आउँदछ ।

यो नयाँ डिजिटल व्यापार नियमहरुको विकासमा सहयोग, लचकता र बहु–सरोकारवालाको सहभागिता हुन आवश्यक छ र सम्भव भएसम्म धेरै अर्थव्यवस्थाहरुमा दृष्टिकोण एकीकृत गर्नको लागि पनि जरुरी छ । सिंगापुर, न्यूजील्याण्ड र चिली बीच डिजिटल अर्थव्यवस्था साझेदारी जस्तै धेरै इनोभेटिभ क्षेत्रीय सम्झौताहरु नमुनाको रूपमा प्रयोग गर्न सकिन्छ ।

फोरमको समयमा थप स्वस्थ तथा पूर्ण विचार, समावेशी डिजिटल व्यापार नीतिलाई वक्ताहरुले मान्यता दिए । डा. रुडी सलाहुद्दीनले सुझाव दिए- क्षेत्र भर नीति निर्माताहरुले डिजिटल अर्थव्यवस्था सक्षम गर्न र डिजिटल व्यापारको लाभको निष्पक्ष साझेदारी सुनिश्चित गर्नको लागि क्रस–कटिंग नियमहरुमा ध्यान केन्द्रित गर्नु पर्छ ताकि यसले डिजिटल व्यापारका साथै व्यापारको सुविधा, डाटा प्रशासन, गोपनीयता, लजिस्टिक र साइबर सुरक्षाका नियम बाट फाइदा लिन सकोस् ।

केहि डिजिटल बिषयहरुमा विश्वको सबैभन्दा ठूलो ट्रेडिंग ब्लकहरुको बीच दृष्टिकोणमा मतभेद भएकोले, क्रेग बर्चेलले जोड दिए, “नयाँ नियमहरु र वैश्विक डिजिटल इकोसिस्टमको राम्रो गभरनेन्समा अधिक सहयोगको आवश्यकता छ र यो कामले अभिसरणको सट्टा सहअस्तित्व र अन्तरक्रियात्मकताको खोजी गर्ने एक समावेशी दृष्टिकोणबाट लाभ लिनेछ । ”

क्षेत्रमा डिजिटल व्यापारको सुविधा थिम रहेको एक फलोअप वेबिनार सेप्टेम्बर १४ मा संचालनमा आउनेछ । कार्यक्रमपछि आईएसईएएस डिजिटल व्यापारमा एक नीति बारे संक्षिप्त प्रकाशन हुनेछ।

प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार